बागमती प्रदेशसभा स्थापना भएको तीन वर्ष पुरा, महत्वपूर्ण कानुन अझै बनेन्

बागमती प्रदेशसभा स्थापना भएको तीन वर्ष पुरा, महत्वपूर्ण कानुन अझै बनेन्

बागमती प्रदेशसभा स्थापना भएको तीन वर्ष पुगे पनि महत्वपूर्ण कानुन अझै बनेका छैनन् । प्रदेश सभाले अहिलेसम्म पनि प्रदेश लोक सेवा ऐन, कर्मचारी ऐन, भूमि ऐन, अनुसन्धान ब्युरोसम्बन्धी ऐन र गुठीसम्बन्धी ऐन बनाउन सकेको छैन । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पहिचान गरेका ९९ वटा कानुन दुई वर्षभित्र बनिसक्ने दाबी गरेपनि हाल सम्म जम्मा ५९ वटा कानून मात्रै बनेका छन् । ती कानुन पनि पूर्णरूपमा कार्यान्वयनका लागि आवश्यक संरचना, नियमावली तथा कार्यविधि अझै तयार भइसकेको छैन । प्रदेशसभाको पहिलो बैठक २०७४ माघ १८ मा बसेको थियो । सातौं अधिवेशनसम्म आइपुग्दा एक सय ७९ पटक बैठक बसेको छ । प्रदेशसभाले पारित गरेको नियमावलीबाहेक ५९ वटा विधेयकमध्ये १३ वटा संशोधन भइसकेको छ । एउटा कानुन प्रदेशसभामा विचाराधीन छ । हाल कानुन निर्माण गर्ने मन्त्रालय मन्त्रीविहीन छ । तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री शालीकराम जमकट्टेलले राजीनामा दिएसँगै उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री डोरमणि पौडेल आफैंले सम्हाल्दै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार