रामेछाप जिल्लामा सुरक्षा व्यवस्था थप कडा

रामेछाप जिल्लामा सुरक्षा व्यवस्था थप कडा

बन्दका कारण हुनसक्ने घटनहरुलाई ध्यानमा राखेर रामेछाप जिल्लामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ । जिल्लाभित्र कुनै पनि आगजानी र तोडफोड हुन नदिन सुरक्षा निकायले निगरानी बढाएको हो । जिल्ला सुरक्षा समितिले जिल्लाभित्र कुनै पनि गलत काम गर्नेलाई तत्काल नियन्त्रणमा लिने निर्णय गरेको छ । बन्दमा कानुन विपरीत काम गर्ने जो कोही भएपनि तत्काल पक्राउ गरेर कारवाही गरिने रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले बताउनुभयो । जिल्लाभित्र कुनै पनि अप्रिय घटना हुन नदिन रणनीति अनुरुप सुरक्षा व्यवस्था मजबुद्ध बनाइएको उहाँको भनाई छ । सडकमा सुरक्षाकर्मीहरु तैनाथ रहेका छन भने जनपद र शसस्त्र प्रहरीको मोवाइल गस्ती टोली पनि घुमिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार