रामेछापमा कोरोनाको खोप अभियान जारी, १ हजार २२ जनाले लगाए खोप

रामेछापमा कोरोना विरुद्धको खोप अभियान जारी छ । खोप प्रारम्भ भएदेखि हालसम्म १ हजार २२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । जिल्लाका विभिन्न पालिकाको सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, सफाइकर्मी, सुरक्षाकर्मी, शववाहन चालक र एम्बुलेन्स चालक गरी १ हजार २२ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र […]

रामेछाप जिल्लामा सुरक्षा व्यवस्था थप कडा

बन्दका कारण हुनसक्ने घटनहरुलाई ध्यानमा राखेर रामेछाप जिल्लामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ । जिल्लाभित्र कुनै पनि आगजानी र तोडफोड हुन नदिन सुरक्षा निकायले निगरानी बढाएको हो । जिल्ला सुरक्षा समितिले जिल्लाभित्र कुनै पनि गलत काम गर्नेलाई तत्काल नियन्त्रणमा लिने निर्णय गरेको छ । बन्दमा कानुन विपरीत काम गर्ने जो कोही भएपनि तत्काल पक्राउ […]

रामेछापमा नेकपा प्रचण्ड माधव समुहको बन्द गराउने नयाँ शैली

बन्द गराउने परम्परागत शैलीलाई परिवर्तन गरी विहिवारको वन्द कर्ताहरूले वन्दको आब्हान गर्दै वजार सरसफाई समेत गरेका छन् । आन्दोलनकारीहरू सडक र सडक पेटी वडारीरहेका थिए भने सररफाइमा यस अघि देखि निरन्तर रुपमा लागिरहेको रामेछाप सहयोगी मनहरू (रासम) का पदाधिकारीहरु उनीहरुले वडारेर थुपारेको धुलो र फोहोर उठाइरहेका थिए । सरसफाईमा नेकपाका जिल्ला इन्चार्ज देवशंकर पौडेल, संघिय […]

रामेछापको साँघुटारमा करदाता शिक्षा कार्यक्रम सम्पन्न

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ३ साँघुटारमा करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । करदाता सेवा कार्यालय मन्थली रामेछापले रामेछाप नगर उद्योग वाणिज्य संघको समन्वयमा करदाताहरुका लागी करदाता शिक्षा तथा अन्तरकृया कार्यक्रमको आयोजना गरेको हो । सो कार्यक्रममा आर्थिक वर्ष ७७,७८ को ऐनले व्यवस्था गरेका प्रावधानहरु , कर किन तिर्ने, के का लागी तिर्ने, […]

रामेछापको मन्थलीमा खुल्यो होण्डाको सर्भिस र बिक्री केन्द्र

रामेछापको सरदमुकाम मन्थलीमा सेतिदेबी अटोमोबाइल्स प्रा. लि. ले होण्डा बाइक तथा स्कुटरको पार्टस् बिक्री तथा मर्मत केन्द्र सुरु गरेको छ । आज मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले रिवन काटेर होण्डा बाइक तथा स्कुटरको पार्टस् बिक्री तथा मर्मत केन्द्रको उद्धघाटन गर्नुभयो । सो कार्यक्रममा बोल्दै नगर प्रमुख रमेश कुमार बस्नेतले युवाहरुलाई व्यवसायमा लाग्न आग्रह गर्नुभयो […]

बागमती प्रदेशसभा स्थापना भएको तीन वर्ष पुरा, महत्वपूर्ण कानुन अझै बनेन्

बागमती प्रदेशसभा स्थापना भएको तीन वर्ष पुगे पनि महत्वपूर्ण कानुन अझै बनेका छैनन् । प्रदेश सभाले अहिलेसम्म पनि प्रदेश लोक सेवा ऐन, कर्मचारी ऐन, भूमि ऐन, अनुसन्धान ब्युरोसम्बन्धी ऐन र गुठीसम्बन्धी ऐन बनाउन सकेको छैन । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पहिचान गरेका ९९ वटा कानुन दुई वर्षभित्र बनिसक्ने दाबी गरेपनि हाल सम्म जम्मा ५९ […]

रामेछापमा कोरोनाको खोप अभियान जारी, ७३८ जनाले लगाए खोप

रामेछापमा कोरोना विरुद्धको खोप अभियान जारी छ । खोप प्रारम्भ भएको सात दिनमा ७३८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । जिल्लाका विभिन्न पालिकाको सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, सफाइकर्मी, सुरक्षाकर्मी, शववाहन चालक र एम्बुलेन्स चालक गरी ७३८ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी […]

सम्वृद्ध नगरपालिका बनाउन सबैको भुमिका महत्वपुर्ण छ : नगर प्रमुख थापा मगर

रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले यस पटक समग्र नगर विकासमा कोरोना भाईरस रोगका कारणले सोचे जति काम गर्न नसकिएको बताउनुभएको छ । उहाँले कोरोना रोकथाम तथा नियन्त्रणमा धेरै समय र बजेट खर्च भएको कारणले सोचे जति उपलब्धि हासिल गर्न नसकिएको बताउनुभयो । उहाँले जनप्रतिनिधि र कर्मचारी दुवैको साथ सहयोगले मात्रै सम्वृद्ध नगरपालिका बन्ने […]

प्रथम वडाध्यक्ष कपको उपाधी लिना लाफा समूहले जित्यो

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा शुक्रबार देखि संचालन भएको प्रथम रामपुर वडाध्यक्ष कप २०७७ पुरुष भलिवल प्रतियोगिता आइतबार सम्पन्न भएको छ । रामेछाप नगरपालिका वडा नं ५ रामपुरको चालु आर्थिक वर्षका लागि विनियोजित लक्षित कार्यक्रम अन्तरगतको युवा तथा खेलकुद शिर्षकबाट वडा कार्यालयले आयोजना गरेरको प्रथम रामपुर वडाध्यक्ष कप– २०७७ पुरुष भलिवल प्रतियोगिताको […]

कक्षा १२ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले नतिजा सार्वजनिक भएको जानकारी दिए ।   नतिजा सार्वजनिक गर्न बोर्डले सोमबार बिहान १० बजे बैठक बोलाएको थियो । बोर्डले यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णांकको मात्र परीक्षा लिएको थियो । ४० प्रतिशत मूल्यांकन कक्षा ११ को […]