रामेछापमा थपिए १७ जना कोरोना सङ्क्रमित, आज १४ जनाले कोरोना जिते

रामेछाप जिल्लामा आज १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको कुल सङ्ख्या दुई हजार ३१८ जना पुगेको छ । आइतबार जिल्ला अस्पालतमा सात जना, मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना, उमाकुण्ड गाउँपालिकामा एक जना र लिखुतामाकोशी गाउँपालिकामा आठ जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यस्तै […]

रामेछाप नगरपालिकामा न्यायधिस र मेलमिलापकर्ता विच अन्तरकृया

रामेछाप नगरपालिकाको न्यायिक समितीबाट भएगरेका कामहरको आज अनुगमन तथा निरीक्षण गरिएको छ । जिल्ला न्यायधिस मोहनराज भट्टराई नेतृत्वको टोलीले अनुगमन तथा निरीक्षण गरेको हो । अनुगमन तथा निरीक्षण कार्यक्रमको अवसरमा न्यायधिस र मेलमिलापकर्ता विच अन्तरकृया गरिएको छ । अन्तरकृया कार्यक्रममा रामेछाप नगरपालिका भित्रका मेलमिलापकर्ताहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा सहभागी मेलमिलापकर्ताहरुले विवाद समाधान गर्दा […]

रामेछाप खोल्मगाउँमा ट्याक्टर दुर्घटना दुईजना घाईते

रामेछापको रामेछाप नगरपालिका वडा नं १ खोल्मगाउँ भन्ने ठाउँमा आज ट्याक्टर दुर्घटना भएको छ । जिल्ला सदरमुकाम मन्थलीबाट सामान लिएर खोल्मगाउँ तर्फ जाने क्रममा आज दिउँसो साढे १२ बजेको समयमा ट्याक्टर दुर्घटना भएको रामेछाप प्रहरीले जानकारी दिएको छ । ट्याक्टर दुर्घटनामा परी उक्त ट्याक्टरका चालक र सह चालक घाईते भएका छन । दुर्घटना भएको ट्याक्टरमा […]

रामेछापमा एक कोरोना संक्रमित महिलाको मृत्यु,जिल्लामा मृतक संख्या २० पुग्यो

रामेछापमा कोरोना भाइरसका कारण आज फेरी एक महिलाको मृत्यु भएको छ । रामेछापको रामेछाप नगरपालिका वडा नं ८ वादीका ४५ वर्षिय एक महिलाको कोरोना संक्रमणबाट ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो । मृतक महिलालाई थप उपचारको लागी काठमाडौँ लैजाँदै गर्दा उनको बाटोमै ज्यान गएको हो । मृतक महिलामा हिजो मात्रै […]

जिल्ला अस्पताल रामेछापमा एकै दिन १२ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लामा कोरोना संक्रमित थपिने क्रम जारी छ । आज मात्रै जिल्ला अस्तालमा १२ जना कोरोना संक्रमित थपिएका छन । आज रामेछाप नगरपालिकामा १ जना,उमाकुण्ड गाउँपालिकामा २ जना,खाँडादेवी गाउँपालिकामा २ जना,गोकुलगंगा गाउँपालिकामा २ जना र लिखु तामाकोशी गाउँपालिकामा ३ जना गरी २२ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण […]

नेपाल लाइफ इन्स्योरेन्सले भुक्तानी गर्यो मृत्यु दाबी बापतको ५ लाख ९७ हजार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय रामेछापले बीमा दावि बापत ५ लाख ९७ हजार ५ सय रुपियाँ भुक्तानी गरेको छ । कम्पनीले धनुषाको सबैला नगरपालिका वडा नं २ घर भएका हाल रामेछाप नगरपालिका वडा नं ८ रामेछाप बजारमा व्यवसाय गर्दै आएका मृतक भरत पूर्वेको परिवारलाई उक्त रकम प्रदान गरिएको हो । मृतक भरत पूर्वेको […]

आज रामेछाप सहित देशभर मौसम बदली रहने, धेरै ठाउँमा पानी पर्ने सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रही अधिकांश भू–भागमा पानी पर्ने सम्भावना रहेको बताएको छ । महाशाखाले जारी गरेको मौसम सम्बन्धी बुलेटिनका अनुसार आज प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी हुन सक्ने सम्भावना रहेको छ । त्यस्तै प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने धेरै भारी वर्षा […]

कोरोना सङ्क्रमितले गलत विवरण दिँदा पहिचान गर्न सकिएन

हाल दैनिक सरदर २ हजारका दरले कोरोनाका नयाँ सङ्क्रमित थपिने गरेका छन् । कोरोना फैलावटको चेन तोड्न कन्ट्रयाक ट्रेसिङ अर्थात सङ्क्रमितको पहिचान महत्वपूर्ण छ । तर सङ्क्रमितले गलत विवरण दिँदा सहि पहिचान नहुने र समुदायमा फैलने क्रम रोकिएको छैन । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोना सङ्क्रमितहरुको विवरण सही पठाउन प्रयोगशालाहरुलाई बारम्बार अनुरोध गर्दै आएको […]

प्रधानमन्त्री ओली आज सिन्धुपाल्चोक आउँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढीग्रस्त क्षेत्र मेलम्ची आउनुहुने भएको छ । यहीअसार १ गते भ्रेमाथाङ पहिरोका कारण मेलम्ची नदीमा लेदोसहितको पहिरो आएपछि हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा पुगेको क्षतिको बारेमा अवलोकनका लागि प्रधानमन्त्री ओली आउनलाग्नु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । बिहान १० बजे प्रधानमन्त्री ओली त्यसतर्फ आउने तयारी भएको सत्तारुढ […]

एमालेको विवाद समाधानका लागि गठित कार्यदलले आज सहमति जुटाउने

सत्तारुढ दल नेकपा एमालेको अन्तरिक विवाद समाधानका लागि गठन गरिएको कार्यदलले आज सहमति जुटाउने नेताहरूले दावी गरेका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पछिल्लो पटक भएको छलफलपछि कार्यदलको बैठक नियमित जस्तै बसिरहेको छ । हिजो बसेको कार्यदलको बैठकमा बिभिन्न ५ बुँदामा एकमुस्ट सहमतिको प्रस्ताव तयार पारिएको र […]