छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै, आज सार्वजनिक बिदा

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठपर्वमा सूर्यको पूजा, आराधना गरिन्छ । आजको दिन व्रतालुले निर्जला व्रत बस्ने गर्छन् । आज व्रत बसेकाहरु साँझपख जलाशयमा डुबेर अस्ताउँदो सूर्यलाई अर्घसहित पूजा गर्दछन् । आज अस्ताउँदो सूर्यलाई पूजा गरिसकेपछि भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि […]

राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा

केन्द्रीय तथ्याङ्क विभागले हरेक नागरिकको घरघरमा पुग्ने गरी राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा गरेको छ । यही कात्तिक २५ गतेदेखि आउँदो मङ्सिर ९ गतेसम्म हुने गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरिवेक्षकलाई तालिम दिइसकिएको छ । सामाजिक, आर्थिक, भौगोलिक, भौतिक पूर्वाधार र अन्य पक्ष समेटिने गणनाका लागि केन्द्रदेखि वडास्तरसम्मका समन्वय […]

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाए

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाउनुभएको छ । आज सोमवार प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ मत खसेको हो । त्यस्तै उहाँको विपक्षमा ४३ मत खस्दा दुई मत तटस्थमा खसेको छ । प्रदेश सभामा एक सय नौ रहेकामा आज एक सय चार जना उपस्थित भएका थिए । उहाँले प्रमुख प्रतिपक्ष दल […]

आज सुनको भाउ तोलामा १५ सय रुपैयाँ बढ्यो

आज सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको छ । लक्ष्मी पूजाको दिन तोलामा ९१ हजार रुपैयाँ रहेको सुनको भाउ आज एकै पटक तोलामा १५ सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ पुगेको छ । यस्तै, आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले […]

सल्यान बस दुर्घटनामा मृत्यु भएका सबैको परिचय खुल्यो

सल्यानमा वस दुर्घटनाका मृतक सबैको परिचय खुलेको छ । मृत्यु हुनेहरूमा शारदा नगरपालिका –१२ हाल दाङको तुलसिपुर उपमहानगरपालिका ६– बस्ने ५३ वर्षकी प्रभा चलाउने, शारदा नगरपालिका –२ कि ६१ वर्षीया मीना डाँगी, सल्यान शारदा नगरपालिका– ३ की ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी गाउँपालिका –१ काभ्रा की २४ वर्षीया मिना शाही, त्रिवेणी गाउँपालिका ४ की ९ […]

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिने हुनुभएको छ । दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा उहाँले विश्वासको मत लिने प्रस्ताव पेश गर्नुहुने भएको हो । त्यसअघि १ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तयार गरेपछि सोही अनुसार बैठकको तयारी हुने बागमती प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । […]

मिथिला क्षेत्रमा छठ पर्वको तयारी सुरु

  मिथिला क्षेत्रमा महत्वपूर्ण छठ पर्वको तयारी सुरु भएको छ । दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् ।अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ । छठ पूजाका लागि चाहिने सामग्री, […]

तिहारको पाँचौँ दिन आज भाइटीका मनाइयो

तिहारको पाँचौँ दिन आज भाइटीका , दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार सप्तरङ्गी टीका तथा मखमली, सयपत्रीको माला लगाएर मनाईएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरेका छन् । […]

स्कुटर दुर्घटना हुँदा रामेछापका तामाङको मृत्यु

स्कुटर दुर्घटनामा परी रामेछापका एक जनाको ज्यान गएको छ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका धुन्चेपाखाबाट थिमि आउँदै गरेको बागमती प्रदेश ०२–०१६प ३४३६ नंको स्कुटर मध्यपुरथिमि नगरपालिका–८ बोडे तीनदोबाटोमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा रामेछापको लिखु तामाकोसी गाउँपालिका-६ घर भइ हाल मध्यपुरथिमि नगरपालिका धुन्चेपाखा बस्ने ३५ वर्षीय राजकुमार तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी […]

लक्ष्मी पूजा गर्ने क्रममा आगोलाग्दा रामेछापकोे लिखुतामाकोशीमा एक घर जल्यो

दीपावलीका क्रममा रामेछापकोे लिखुतामाकोशी गाउँपालिकाको वडा नं ६ अत्मारामा आगलागी भएको छ । स्थानिय कमला खड्काको घरमा हिजोे बेलुका लक्ष्मी पूजा गर्ने क्रममा बालेको दियो र मैनबतिबाट आगो सल्किएको र खड्काको घर पुर्ण रुपमा जलेको जनाइएको छ । आगलागीबाट अन्दाजि ५५ हजार नगद, डेढ तोला सुन, लत्ताकपडा, भाँडाकुँडा, अन्नपात जलेर नष्ट भएको छ । हिजो […]