युरोपेली देश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने रामेछापका सुनुवार पक्राउ

युरोप पठाइदिन्छु भन्दै ६ जना व्यक्तिहरुसँग नगद ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले रामेछापका एकजनालाई पक्राउ गरेको छ । रामेछाप गोकुलगंगा–३ घर भएका काठमाण्डौको कोटेश्वर बस्ने ३३ वर्षीय पोशबहादुर सुनुवारलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–९ ज्याम्दीका ६ जनालाई कामदार भिसामा युरोपेली देश लिथुआनिया पठाइदिने भन्दै ठगी गरेका हुन् । उनले […]

रामेछापमा जारी निषेधाज्ञा भदौ २२ गतेसम्म थप

रामेछाप जिल्लामा जारी निषेधाज्ञालाई फेरी थप गरिएको छ । जिल्लामा कोरोनाको जोखिम कायमै रहेको भन्दै जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले जारी निषेधाज्ञालाई भदौ २२ गते मध्यरातिसम्म थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञामा के के गर्न पाईदैन ? खुल्ला स्थानमा मानिसहरु भेला तथा जम्मा हुने, भिडभाड हुने, सभा, जुलुस, जात्रा, महोत्सव, […]

मेलम्चीका बाढीप्रभावितको लागि कोरोना विरुद्धको खोप आज देखि

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीका बाढी प्रभावित १८ वर्ष माथिका नागरिकलाई आज देखि कोरोना विरुद्धको खोप लगाइने भएको छ । हेलम्बु र मेलम्चीका बाढीप्रभावित का २० हजार जनाको लागि कोरोना विरुद्धको खोप उपलब्ध भएको छ । आज देखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोपकेन्द्रहरुमा खोप पठाइसकिएको सिन्धुपाल्चोकका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाँईले जानकारी दिनुभयो । सिन्धुपाल्चोकको बाढी […]

काठमाडौँमा कोरोना सङ्क्रमण बढ्दै, राजधानी बाहिर भने स्थिर

नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमण, मृत्यु र निको हुने दर स्थिर देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने नियमित कोरोना सम्बन्धी तथ्याङ्कमा कोरोनाका नयाँ सङ्क्रमित थपिने दर औसतमा २ हजार रहेको छ भने मृत्यु हुनेदर औसतमा ४० रहेको छ । तर नेपालमा कोरोनाको अवस्था चिन्ताजनक नभएपनि ढुक्क हुने स्थिति भने छैन । काठमाडौँका अस्पतालहरुमा […]

आज भारीदेखि अति भारी वर्षाको सम्भावना

आज देशका थोरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । मनसुनी वायु सक्रिय हुँदै गएकाले आज दिउँसो प्रदेश १, २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भने अति भारी वर्षा हुँदा […]

दुई नयाँ दललाई निर्वाचन आयोगमान्यता दियो

निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरनेतृत्वको नयाँ पार्टीलाई प्रमाणपत्र दिएको छ।एमाले विभाजन भई बनेको नेकपा एकीकृत समाजवादी र जसपा विभाजन भई बनेको लोकतान्त्रिक समाजवादी पार्टीलाई आयोगले हिजो राति प्रमाणपत्र प्रदान गरेको हो। प्रमाणपत्र प्राप्त गरेसँगै अब दुबै नयाँ दलले मान्यता पाएका छन् । दल विभाजनका लागि ल्याएको अध्यादेशअनुसार दुवै पार्टीले संसदीय दल वा केन्द्रीय […]

अवैध रुपमा बालुवा लोड गर्दै गरेको ट्र्याक्टर सहित रामेछापका चालक पक्राउ

सिन्धुलीमा अवैध रुपमा बालुवा लोड गर्दै गरेको ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रुपमा वालुवा लोड गरि सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ पानीट्याङ्कीबाट बजार तर्फ आउदै गरेको लु ४ त ८१५२ नम्बरको ट्र्याक्टर र ट्र्याक्टर चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज […]

ठोर्कपामा बस दुर्घटना २ को मृत्यु ,४१ घाईते

सिन्धुपाल्चोकको ठोकर्पाबाट कालिका हुँदै काठमाडौका लागि छुटेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।कोसीपारी यातायातको बा ३ ख ८०३० नम्बरको बस सुनकोशी ३ छापमा दुर्घटना भएको हो । दुर्घटनामा ४१ घाईते घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । बस ओरालो बाटोको मोडमा आफै अनियन्त्रित भई दुर्घटना […]

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आज बढ्यो

कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आज बढेको छ । आज थप ४४ जनाको कोरोनाको कारण मृत्यु भएको छ । बितेको २४ घण्टा र नेपाली सेनाले केही दिनको बीचमा शव व्यवस्थापन गरेको विवरणसमेत गरेर थप ४४ जनाले कोरोनाबाट ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार २९० […]

दुईनयाँ दल दर्ताका लागि आज सनाखत हुँदै

निर्वाचन आयोगले प्रस्तावित नेकपा एकीकृत (समाजवादी) र जनता समाजवादी (लोकतान्त्रिक) पार्टी दर्ता प्रक्रियाका लागि आजसनाखत गराउँदै छ । आयोगले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत (समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरनेतृत्वको जनता समाजवादी (लोकतान्त्रिक) पार्टी दर्ता प्रक्रियाका लागि सनाखत गराउन लागेको हो । सनाखतका लागि बिहान साढे ११ देखि दिउँसो […]