मन्थली नगरपालिकालाई शैक्षिक हब बनाउने योजनामा छु : नगर प्रमुख बस्नेत

मन्थली नगरपालिकालाई शैक्षिक हब बनाउने योजनामा छु : नगर प्रमुख बस्नेत

रामेछापको मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले मन्थली नगरपालिकालाई शैक्षिक हब बनाउने आफ्नो योजना रहेको बताउनुभयो । मन्थलीमा सञ्चालित समता स्कुलको भवन शिलान्यास कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले बिद्यमान महंगो शिक्षा प्रणालीलाई न्यूनिकरण गर्दै सरल र गुणस्तरीय शिक्षामा आफुले जोड दिइरहेको समेत बताउनुभयो ।

नगरप्रमुख बस्नेतले चैत्र मसान्त सम्ममा दुई पक्षिय सम्झौता गरी समता स्कुलको भवन निर्माणका लागि नगरपालिकाबाट १५ लाख उपलब्ध गराउने घोषणा पनि गर्नुभयो । आफु जहिले पनि शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्न रुचाउने भएकोले आफ्नो बार्षिक आम्दानीको १० प्रतिशत रकम पनि हरेक बर्ष ब्यक्तिगत रुपमा समताको कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

स्थानीय चन्द्र बहादुर माझीले जिल्ला आयुर्वेद कार्यालय नजिकै रहेको साढे ६ रोपनी जग्गा २० बर्षका लागि भाडामा दिएपछि उक्त जग्गामा ६ महिना भित्र विद्यालयको १३ कोठे भवन निर्माण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार