माओवादी केन्द्र नयाँ सांगठानिक संरचनमा जाने

नेकपा (माओवादी केन्द्र)ले पार्टीको अन्तरिम विधान संसोधन गर्दै नयाँ सांगठानिक संरचनमा जाने भएको छ। हिजो बसेको स्थायी कमिटी बैठकले विधान संसोधन सम्बन्धी प्रस्तावलाई पारित गर्दै नयाँ संगठन संरचना अबलम्बन गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । जस अनुसार अब माओवादी केन्द्रका सबै कमिटीमा ३५ प्रतिशत महिला र २० प्रतिशत दलितको अनिवार्य प्रतिनिधित्व हुने […]

कोरोनाविरुद्ध राजनीतिक दल एक ठाउँमा उभिएनन्

दोस्रो लहरको नोबेल कोरोना भाइरसको सङ्क्रमण दर बढेसँगै स्वास्थ्य मन्त्रालयले १० दिनअघि ८ बुँदे विशेष अनुरोध सार्वजनिक ग¥यो र सावधानी अपनाउन भन्यो । त्यसको ४ दिनपछि सरकारले आदेश पनि जारी गरेको थियो । तर सरकारले जारी गरेको आदेश, सत्ताधारी दलबाटै पालना भएको पाइँदैन । विवाह, ब्रतबन्ध, मलामी जस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन रोक […]

कोरोना नियन्त्रणका लागि एमालेले मातहतका सबै सङ्गठन परिचालन गर्ने

नेकपा एमालेले नोबेल कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि मातहतका सबै सङ्गठन परिचालन गर्ने भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा आज बसेको केन्द्रीय कार्यसमिति तथा महाधिवेशन आयोजक कमिटी बैठकले कोभिड १९ सङ्क्रमितहरूलाई सहयोग गर्न जिल्ला तथा गाउँमा जनजागरण अभियान चलाउने निर्णय गरेको हो । जिल्लाजिल्लामा हेल्प डेस्क राख्ने, गाउँगाउँमा […]

राजनीतिक दल कोरोना नियन्त्रण भन्दा राजनीतिक चलखेलमा केन्द्रीत

कोरोनाको उच्च जोखिम बढिरहेका बेला सरकार र राजनितिक दल कोरोना नियन्त्रणमा भन्दा पनि राजनितिक चलखेलमा बढि केन्द्रीत भएका छन् । नेकपा एमाले भित्रको विवादका कारण शिर्ष नेताहरु कोरोनाको कहर नियन्त्रणमा भन्दा आफ्नै पार्टी कसरी जोगाउने भन्ने चिन्तामा छन् । प्रधानमन्त्री केपी शर्मा ओली आफु नेतृत्वको सरकार जोगाउन र पार्टी भित्रका नेताहरुलाइ कारबाही गर्नमा व्यस्त देखिनुभएको […]

सरकारले जारी गरेको मापदण्ड पालना नगर्नेलाई कानुन अनुसार कारबाहीःप्रधानमन्त्री

राजधानी लगायत देशका विभिन्न भागमा दिनहुँ कोभिड–१९ सङ्क्रमणको दर बढ्दै गएको अवस्था र नियन्त्रणका लागि भएका प्रयासहरू बारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीसीएमसीले ‘ब्रिफिङ’ गरेको छ । कोभिड–१९ सङ्क्रमण तीब्र रूपमा फैलिएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले प्रधानमन्त्री ओलीलाई सबै प्रयास र अवस्थाबारे जानकारी गराएको हो । अहिलेको भयावह […]

विदेशी शक्तिको आडमासंविधान, कानुन र मूल्यमान्यता मिच्ने काम भएको प्रचण्डको आरोप

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी शक्तिको आडमासंविधान, कानुन र मूल्यमान्यता मिच्ने काम भएको आरोप लगाउनु भएको छ । १ सय ५० औं लेनिन जयन्ती तथा ७३ औँ नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले कम्युनिस्ट पार्टीमा आफूहरूले ७० प्रतिशतलाई एक ठाउँमा कमाण्ड गरेको भए पनि एक […]

पार्टीको मर्म अनुसार अघि बढे जिम्मेवारी दिइने एमाले अध्यक्ष ओलीको भनाइ

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती महशुस गरेर पार्टीको मर्म अनुसार अघि बढ्ने नेता कार्यकर्तालाई जिम्मेवारी दिइने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको ७३ औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसर पारेर आज बल्खुमा आयोजित केन्द्रीय कार्यालय भवन शिलान्यासपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीविरुद्ध उपद्रो गरेर हिँड्दा पनि कारबाही नगरेर सम्झाउने प्रयास […]

सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली सरकारलाई दिएको समर्थन कहिले फिर्तालिने भन्ने अधिकार अध्यक्ष प्रचण्डलाइ दिने निर्णय गरेको हो । बैठकपछि नेता नारायणकाजी श्रेष्ठले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे अध्यक्ष प्रचण्डले […]

मूलुकको राजनितिले केही दिनमा कोल्टे फेर्ने काँग्रेसको विश्लेषण 

नेपाली काँग्रेसले अबको केही दिनभित्रै मुलुकको राजनीतिले कोल्टे फेर्ने विश्लेषण गरेको छ । सो पार्टीले माओवादी केन्द्र र जसपासँगको निरन्तरको वार्ता फलदायी भएकाले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । काँग्रेसको पूर्वपदाधिकारी तथा वर्तमान पदाधिकारीको आज सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकमा देउवाले ओली सरकार ढाल्न तीन दलबीच सहमति […]

नेपाल तरुण दल रामेछाप नगर कार्य समितीद्धारा भित्ते पात्रो विमोचन

नेपाल तरुण दल रामेछाप नगर कार्य समितीले २०७८ सालको भित्ते पात्रो सार्वजनिक गरेको छ । आज रामेछाप बजारमा एक कार्यक्रमको आयोजना गरी भित्ते पात्रो विमोचन तथा वितरण गरिएको हो । नेपाली कांग्रेस रामेछापका पार्टी सभापति लबश्री न्यौपानेको प्रमुख आतिथ्यता एवम तरुण दल रामेछाप नगरपालिकाका अध्यक्ष सन्तोष तामाङको सभापतित्वमा आयोजित कार्यक्रममा २०७८ सालको भित्ते पात्रो विमोचन […]