कुलमान घिसिङलाई फेरि विद्युत प्राधिकरणको निर्देशक बनाईने

सरकारले नेपाल विद्युत प्राधिकरणको निर्देशकमा फेरि कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । सरकारले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरिसकेको बताइएको छ । शाक्यको काम सन्तोषजनक नदेखिएको भन्दै राजीनामा दिन आग्रह गरेको बताइएको छ ।शाक्य अगाडि प्राधिकरणको निर्देशकमा घिसिङ नै रहनुभएको थियो । घिसिङको कार्यावधि सकिएपछि तत्कालीन केपी शर्मा ओलीको सरकारले शाक्यलाई […]

नगरपालिकाले जारी गरेको सुचनाको उलंघन,राष्ट्रिय वाणिज्य बैँकमा सेवाग्राहिको भिड

रामेछाप नगरपालिकाले कोरोना संक्रमण तिव्र रुपमा फैलिएको भन्दै संक्रमण रोकथाम तथा नियन्त्रणका लागीे भिडभाड गर्न निषेध गरेको छ । तर रामेछाप नगरपालिकाको कार्यालय नजिकै रहेको राष्ट्रिय वाणिज्य बैँक रामेछाप शाखामा भने सेवाग्राहिको भिड देखिन्छ । हरेक दिन सेवाग्राहिहरु बैँक खुल्नुअघिदेखी नै लाईन लागेर पालो कुरेर बसेका हुन्छन । बैँकमा लाईन लागेर पालो कुरेर बसेका सेवाग्राहिहरुले […]

जेठ महिनायता मनसुनजन्य विपतमा परि ६६ जनाको मृत्यु, ६ सय १९ घर पूर्ण क्षति

जेठ महिनायता मनसुनजन्य विपतका कारण ६६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार २०७८ जेठ महिनायता हालसम्म मनसुनजन्य विपतका घटनामा परि ४० जना बेपत्ता भएका छन् भने ८१ जना घाइते भएका छन् । आज बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले तथ्याङ्क प्रस्तुत गर्दै मनसुनका कारण सिन्धुपाल्चोक, मनाङ, गोरखा, कास्की लगायतका ५५ जिल्ला प्रभावित भएको […]

रामेछाप बजारमा भिडभाड गर्न निषेध,साप्ताहिक हाट बजार पनि स्थगित

रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा साप्ताहिक रुपमा लाग्दै आएको हाट स्थगित भएको छ । कोराना भाईरसको संक्रमण बढ्दै गइरहेको भन्दै रामेछाप नगरपालिकाले संक्रमण नफैलियोस भन्नको लागीे रामेछाप बजारमा लाग्दै आएको विहिबारे हाट र साँघुटार बजारमा लाग्दै आएको शनिबारे हाट स्थगित गरेको छ । नगरपालिकाको विपद व्यवस्थापन समितीको निर्णय अनुसार अर्को सुचना जारी नभसम्मको लागी हाट […]

राष्ट्रिय वाणिज्य बैँक बन्द हुँदा सेवा ग्राहि मारमा

राष्ट्रिय वाणिज्य बैँक रामेछाप डाँडा केहि दिनदेखि बन्द छ । बैँकमा कार्यरत सबै कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि बैँकबाट प्रवाह हुने सेवाहरु बन्द छ । रामेछाप डाडाँको एक मात्रै बैँक बन्द भएपछि सेवा ग्राहिहरु मारमा परेका छन । बैँक बन्द हुँदा बैँक मार्फत हुने नगद कारोबार तथा तलब भुक्तानीका लागी निकै समस्या भएको रामेछाप […]

स्थानीय सरकार गठन भएको ४ वर्षपछि स्वमूल्याङ्कन गरिँदै

स्थानिय सरकार गठन भएको ४ वर्ष पछि स्वमूल्याङ्कन गर्न थालेका छन् । स्थानीय तहको कार्य प्रकृया र उपलब्धीहरूको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमिकमजोरीको जानकारी लिन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई स्वमूल्याङ्कन कार्य गर्न निर्देशन दिएको हो । स्थानीय तहको क्षमता मूल्याङ्कनका लागि शासकीय […]

खाँडादेवी गाउँपालिकाद्धारा ७५ प्रतिशत अनुदानमा कृषकहरुलाई कृषि सामाग्री हस्तान्तरण

रामेछापको खाडादेवी गाउँपालिकाले किसानलाई ७५ प्रतिशत अनुदानमा कृषि सामाग्री हस्तान्तरण गरेको छ । एक कार्यक्रमको बीच गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले कृषकहरुलाई कृषिजन्य सामाग्रीहरु हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले गाउँपालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने गरी आफुहरु लागि परेको बताउनुभयो । गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम र बजेट निर्माण गरिएको […]

नेपाल लाइफ इन्स्योरेन्सले भुक्तानी गर्यो मृत्यु दाबी बापतको ५ लाख ९७ हजार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय रामेछापले बीमा दावि बापत ५ लाख ९७ हजार ५ सय रुपियाँ भुक्तानी गरेको छ । कम्पनीले धनुषाको सबैला नगरपालिका वडा नं २ घर भएका हाल रामेछाप नगरपालिका वडा नं ८ रामेछाप बजारमा व्यवसाय गर्दै आएका मृतक भरत पूर्वेको परिवारलाई उक्त रकम प्रदान गरिएको हो । मृतक भरत पूर्वेको […]

रामेछाप जिल्लामै पहिलो पटक साँघुटार स्वास्थ्य चौकी पूर्ण पोषणयुक्त स्वास्थ्य संस्था घोषणा

रामेछाप जिल्लामै पहिलो पटक रामेछाप नगरपालिका वडा नं ३ मा रहेको साँघुटार स्वास्थ्य चौकी पूर्ण पोषणयुक्त स्वास्थ्य संस्था घोषणा भएको छ । रामेछाप नगरपालिकाको स्वास्थ्य शाखाको अगुवाईमा उक्त स्वास्थ्य चौकीलाई पूर्ण पोषणयुक्त स्वास्थ्य संस्था घोषणा गरिएको हो । पूर्ण पोषणयुक्त घोषणाका लागि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको, ६ महिनासम्म बच्चाले आमाको दूध मात्रै खाएको, […]

रामेछापमा बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म होटल तथा पसल खोल्न पाइने

रामेछाप जिल्लामा जारी गरिएको निषेधाज्ञा विगतको भन्दा केही खुकुलो गरिएको छ । अब जिल्लामा सबै खाले जोर विजोर निजी तथा सर्वाजनिक सवारी साधन चल्न दिइने रामेछाप प्रशासनले जनाएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । सवारी साधन जोर बिजोर प्रणालीमा संचालन हुँदै आएकोमा अब भने हरेक […]