ईपीएसमार्फत सन २०२० का लागि दक्षिण कोरिया जान दिइने

रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन २०२१ मा मात्रै हुने भएको छ । नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया जाने प्रक्रिया हुनुपर्नेमा कोभिड–१९ का कारण पछि सरेको हो ।वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल परीक्षा नभए पनि […]

नेपालबाट मनसुन केहीदिनमा सकिने

नेपालबाट मनसुन केहीदिनमा सकिने भएको छ । अबको एक दुई दिनमा नेपालबाट मनसुन बाहिरिने छ । मनसुन कमजोर अवस्थामा पुगेकाले अबको एक दुई दिनमा पश्चिम नेपालबाट मनसुन बाहिरिने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।नेपालमा पूर्वबाट प्रवेश गरेर मध्य हुँदै पश्चिमसम्म फैलिएर साढे तीन महिना सक्रिय हुने मनसुन पश्चिमबाट मध्य हुँदै पूर्वबाट नै बाहिरिने […]

प्राकृतिक विपद्का कारण देशभर ३ सय ९८ जनाको मृत्यु

विगत ६ महिनाको अवधिमा प्राकृतिक विपद्का कारण देशभर ३ सय ९८ जनाको मृत्यु भएको छ । अवरिल वर्षापछिको बाढी पहिरोका कारण सिन्धुपाल्चोक, बागलुङ, म्याग्दी, जाजरकोट लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको र अहिले पनि पहिरोमा हराइरहेका कतिपयको शव फेला पर्न नसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार गत वैशाख […]

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २० हजार नाघ्यो, २५ हजार पुगेपछि लकडाउन गरिने

नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुगेको छ । पछिल्लो २४ घन्टामा एक हजार ५१३ जना कोरोनाका संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुगेको हो । काठमाडौं उपत्यकामा एकैदिन अहिलेसम्मकै बढी ९३४ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ७४७, ललितपुरमा ११४ तथा भक्तपुरमा ७३ जना संक्रमित थपिएका हुन् । त्यस्तै, […]

प्रेस युनियन रामेछापलाइ कम्प्युटर सहयोग

नेपाली कांग्रेस रामेछापका महासमिति सदस्य एवम समाजसेवी पूर्णबहादुर तामाङ (कान्छाराम) ले नेपाल प्रेस युनियन रामेछापलाइ १ थान कम्प्युटर सेट र फोटो कपि मेसिन सहयोग गर्नुभएको छ । तामाङले युनियनका जिल्ला अध्यक्ष अप्रिल अधिकारीलाई सो सामाग्रीहरु हस्तान्तरण गर्नुभएको होे । आज प्रेस युनियनको कार्यालय मन्थलीमा एक कार्यक्रमको आयोजना गरी सो सामाग्री उपलब्ध गराइएको हो । साथै […]

रामेछापमा ४० जना क्वारेन्टिनमा

रामेछाप जिल्लाको विभिन्न पालिकाहरुमा सोमबार अर्थात आजसम्म ४० जना क्वारेन्टिनमा रहेका छन । ११ जना महिला र २९ जना पुरुष गरी ४० जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । मन्थली नगरपालिकामा १ , रामछाप नगरपालिकामा ३, उमाकुण्ड गाउँपालिकामा २ , लिखु तामाकोशी गाउँपालिकामा ३ र गोकुलगंगा गाउँपालिकामा ३१ जना गरी जिल्लाभर ४० जना […]

कोरोना रोकथामका लागि सुनापती गाउँपालिकाको खर्च २७ लाख बढी

रामेछापको सुनापती गाउँपालिकाले कोरोना भाइरस कोभिड–१९ को संक्रमण नियन्त्रण र व्यवस्थापनमा २७ लाखभन्दा बढी रकम खर्च गरेको छ । सुनापती गाउँपालिकाले कारोना संक्रमण नियन्त्रण र व्यवस्थापनमा हालसम्मको अवधिमा २७ लाख ६३ हजार ८ सय २३ रुपैयाँ बराबरको रकम खर्च गरेको हो । गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक अर्जुन श्रेष्ठले ई रामेछापलाई दिनुभएको जानकारी अनुसार उक्त रकम […]

नेपालमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ । पछिल्लो २४ घण्टामा १५७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । […]

कोरोनाबाट विभिन्न १७ देशमा २६५ नेपालीको मृत्यु

कोरोनाको कारण गएको साता विदेशमा रहेका थप २१ नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, यूएईमा १ जना, युगान्डामा १ जना गरी गएको साता मात्रै थप २१ जना नेपालीको कोरोनाबाट ज्यान गएको पुष्टि भएको हो ।शनिबार साँझसम्म १७ देशमा रहेका २ सय ६५ जना […]

रामेछापका लगभग १५ सय जनाको पीसीआर परीक्षण

रामेछाप जिल्लामा आईतबार अर्थात आजसम्म १ हजार ४ सय ७९ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १४ सय १० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ६९ जना मध्ये ५५ जना कोरोना मुक्त भईसकेका […]