रामेछापमा १३ जना कोरोना संक्रमितको उपचार जारी , २४ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा मंगलबार अर्थात आजसम्म १ हजार ४ सय ८ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १३ सय ४४ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ६४ जना मध्ये ४९ जना कोरोना मुक्त भईसकेका […]

रामेछापका ४९ जनाले जिते कोरोना

रामेछापका ४९ जना कोरोना संक्रमितले कोरोना भाइरस (कोभिड १९) लाई जितेका छन् । विभिन्न समयमा गरि कोरोना संक्रमण पुष्टि भएका ६४ जना मध्ये ४९ जना कोरोना मुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । कोरोना संक्रमित १५ जनाको उपचार भईरहेको छ ।  प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ६ जना , होम आइसोलेसनमा १ जना र […]

नेपालमा कोरोनाबाट मृत्यु हुनेका संख्या ४ सय २७ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेका संख्या ४ सय २७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना सङ्क्रमितको मृत्युसँगै मृतको संख्या ४ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो । उहाँका अनुसार नेपालमा थप १ हजार १ सय ५४ जनामा नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य […]

रामेछाप गोकुलगंगाका ८ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण प्ुष्टि भएको छ । यहि असोज २ गते गाउँपालिकाबाट पिसिआर परीक्षणका लागी स्वाब संकलन गरी पठाइएका २७ जनामध्ये ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । १ जना महिला सहित ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । गोकुलगंगा […]

आजदेखि पाँच दिनसम्म देशका धेरैजसो ठाउँमा पानी पर्ने

आजदेखि पाँच दिनसम्म देशका धेरैजसो ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । देशका केही ठाउँहरुमा भने हावाहुरीसहित ठूलो पानी पर्ने सम्भावना छ । अहिले उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र पश्चिम, उत्तर(पश्चिमतर्फ सर्ने क्रममा रहेकाले नेपालका धेरैजसो […]

लामो समयदेखि बन्द भएको आन्तरिक हवाई उडान आजबाट सुरु हुँदै

लामो समयदेखि बन्द भएको आन्तरिक हवाई उडान आजबाट सुरु हुँदैछ । गएको चैत १० गतेबाट बन्द भएको आन्तरिक उडान आजबाट सूचारु हुन लागेको हो । सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अनुसार आजबाट उडान खुलेपनि २५ प्रतिशत मात्रै उडान अनुमति दिइएको छ । मन्त्रालयका सह प्रवक्ता राजन पौडेलले भन्नुभयो, ‘लामो समयदेखि हवाई उडान बन्द हुँदाको […]

नेपालमा २४ घण्टामा १३ सय २५ जनामा कोरोना भाइरस सङ्क्रमण

पछिल्लो २४ घण्टामा १३ सय २५ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार ५८४ नमुना परीक्षण गर्दा ४६९ महिला र ८५६ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कुल सङ्क्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । उनीहरुमध्ये ४११ जनाको मृत्यु भएको छ भने ४६ हजार २३३ […]

रामेछापका २७ जनाको पिसिआर रिपोर्ट आउन बाँकी,४१ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा आईतबार अर्थात आजसम्म १ हजार ४ सय ८ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १३ सय २४ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने अब २७ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका […]

रामेछापका ४३ जनाले जिते कोरोना, १३ जनाको उपचार जारी

रामेछापका ४३ जना संक्रमितले कोरोना भाइरस (कोभिड १९) लाई जितेका छन् । विभिन्न समयमा गरि कोरोना संक्रमण पुष्टि भएका ५६ जना मध्ये ४३ जना कोरोना मुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । अब जिल्ला अस्पतालमा २ जना , मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा ६ जना र रामेछाप नगरपालिकाको आइसोलेशनमा ५ जना गरि १३ जना […]

नेपालमा कोरोना भाइरसको संक्रमणबाट ४०१ जनाको मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणबाट ४०१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा साता महिला र चारजना पुरुषको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा काठमाडौं उपत्यकाका मात्र पाँचजना रहेका छन् । काठमाडौंका ७७ वर्षीया महिला र ७५ वर्षीय पुरुष, ललितपुरका ७६ र ६८ वर्षीया महिला तथा ललितपुरकै ६० वर्षीय […]