रामेछापको गणेशचोकमा मोटरसाइकल दुर्घटना हुँदा एक युवक घाईते

रामेछापको गणेशचोकमा मोटरसाइकल दुर्घटना हुँदा एक युवक घाईते

रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ८ स्थित गणेश चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक युवक घाईते भएका छन । सदरमुकाम मन्थली बाट रामेछापको भंगेरी आउने क्रममा आज दिउँसो मोटरसाइकल दुर्घटना हुँदा भंगेरीका वर्ष १९ का कुशल श्रेष्ठ घाईते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । घाईतेलाई थप उपचारको लागी काठमाडौँ ग्रान्डी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । घाईतको टाउको र कम्मरमा गहिरो चोट लागेको बताइएको छ । मोटरसाइकल तिव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार