रामेछापको मुडाजोरमा हायु जातिको महान पर्व सुरु

लोपन्मुख जाति हायुको महान पर्व महाकाली देवीको पुजा आजदेखी रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ मुडाजोरमा सुरु भएको छ । वषौँदेखी नेपालको लोपन्मुख जाति हायुहरुले मनाउने महाकाली देवीको पुजा हरेक वर्ष मुडाजोरमा रहेको उप्छिमीरानी अर्थात महाकाली देवीको थानमा विशेष पुजाआजा सहित मनाउने गरिन्छ । महाकाली देवीको थानमा हरेक वर्ष मेला लाग्ने गर्छ । १ […]

कोरोना विरुद्धको खोपको दोस्रो मात्रा ८ देखि १२ हप्ताको बीचमा लगाउने सरकारको तयारी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ विरुद्धको खोपको दोस्रो मात्रा ८ हप्तादेखि १२ हप्ताको बीचमा दिने निर्णय गरेको छ ।कोभिड–१९ खोप प्राविधिक सल्लाहकार समितिले पहिलो खोप लगाएको ८ हप्तादेखि १२ हप्ताको अवधिमा दोस्रो खोप दिनमन्त्रालयलाई सुझाव दिएको थियो ।यसअघि मन्त्रालयले खोपको पहिलो मात्रा लगाएको २८ दिनपछि दोस्रो मात्रादिने बताएको थियो । स्वास्थ्य सेवा विभाग अन्तर्गत […]

रामेछापका २ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

रामेछापका दुई हजार एकसय भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय रामेछापका अनुसार पहिलो र दोश्रो चरणको खोप अभियान अन्तरगत जिल्लाका दुई हजार एकसय ८६ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन थापाले पहिलो चरणको खोप अभियान अन्तरगत एक हजार ९३ जना र दोश्रो चरणको खोप अभियान […]

मन्थली नगरस्तरीय तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मन्थली माविले जित्यो

रामेछापको मन्थली नगरस्तरीय तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मन्थली माविले जितेको छ । मन्थली माविले प्रतियोगितामा ३१ स्वर्ण, २१ रजत र १७ कास्य पदक सहित ६९ पदक जित्दै प्रथम हुन सफल भएको छ । प्रतियोगीतामा कर्कला देवी अग्रेजी बोर्डिङ स्कुलले ५ स्वर्ण, ८ रजत र ९ कास्य गरी २२ पदक जितेको छ भने सेतीदेवी मावि […]

रामेछापका ९०२ जनाले लगाए कोरोना विरुद्धको खोप

खोप अभियान अन्तरगत हालसम्म रामेछापका ९ सय भन्दा बढीले खोप लगाएका छन् । खोप अभियान सुरु भएदेखी फागुन ९ गते आइतबारसम्म जिल्ला अस्पताल रामेछाप र मन्थली प्राथमिक स्वास्थ्य केन्द्र गरि दुईवटा खोपकेन्द्रबाट ९०२ जनालाई कोरोना विरुद्धको दोस्रो चरणको खोप लगाएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयका अनुसार दोश्रो चरणको […]

प्रहरी कार्यालय रामेछापको नवनिर्मित कार्यालय तथा ब्यारेक भवन उद्धघाटन

जिल्ला प्रहरी कार्यालय रामेछापको नवनिर्मित कार्यालय तथा ब्यारेक भवन आज एक कार्यक्रमका विच उद्धघाटन गरिएको छ । नव निर्मित कार्यालय तथा ब्यारेक भवनको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उद्धघाटन गर्नुभयो । कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएका प्रहरी महानिरीक्षक क्षेत्रीले समयको परिवर्तन संगै आम नागरिकको प्रहरी प्रतिको आस्था र विश्वास एवं अपेक्षा समेत बढ्दै गईरहेकाले उच्च […]

रामेछाप नगरपालिका देउरालीमा भलिबल प्रतियोगिता हुँदै

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको वडा नम्बर २ देउरालीमा भलिबल प्रतियोगिता हुने भएको छ । वडा कार्यालयको आयोजनामा सितलादेवी माध्यमिक विद्यालयको वार्षिक उत्सवको अवर पारेर विद्यालय प्राङ्गणमा दुई चरणको भलिबल प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष नीर कुमार श्रेष्ठले जानaकारी जानकारी दिनुभयो । प्रतियोगिता फागुन २० गतेदेखि २४ गतेसम्म सितला देवी माविको प्राङ्गणमा हुने छ । दुई […]

प्रजातन्त्र दिवसको अवसरमा रामेछाप कारागारका १३ जना कैदीबन्दीको कैद सजाय मिनाहा

७१ औँ प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागार रामेछापमा रहेका १३ जना कैदीबन्दीको सजाय मिनाहा भएको छ । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रामेछाप कारागारका १३ जना कैदीबन्दीको सजाय मिनाहा गरेको कारागार कार्यालय रामेछापका सूचना अधिकारी भगवती कार्कीले जानकारी दिनुभयो । कैद सजाय मिनाहा हुनेहरुमा कम्तीमा ५० प्रतिशत कैद भुक्तान गरेका १२ जना र असल चालचलन […]

मन्थली नगरपालिकाले १५ दिने निशुल्क लोकसेवाको तयारी कक्षा सन्चालन गर्दै

रामेछाप जिल्लाको मन्थली नगरपालिकाले लोकसेवाद्धारा लिइने नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने नगरका उम्मेदवारहरुको लागि १५ दिने निशुल्क लोकसेवाको तयारी कक्षा सन्चालन गर्ने भएको छ । नगरपालिकाका १४ वटै वडाहरुबाट कक्षामा सहभागी हुनको लागी ईच्छुक व्यक्तिले नगरपालिकामा सम्पर्क गर्न सक्ने मन्थली नगरपालिकाका सुचना अधिकारी हेमन्त बुढाथोकीले जानकारी दिनुभयो । लोकसेवाको तयारी कक्षामा महिला,आदिवासी,जनजाती […]

७१ औँ प्रजातन्त्र दिवसको अवसरमा रामेछाप नगरपालिकामा वृक्षारोपण

७१ औँ प्रजातन्त्र दिवसको अवसरमा रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा वृक्षारोपण गरिएको छ । रामेछाप बजारमा रहेको नगरपालिकाको कार्यालय परिसरको फुलबारीमा विभिन्न जातका विरुवाहरु रोपिएको हो । प्रजातन्त्र दिवसको अवसर पारेर धुपि,लालुपाते लगायतका विभिन्न जातका विरुवाहरु रोपिएको छ । रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगर,उपप्रमुख सृजना खड्का,प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे लगायत नगरका कर्मचारीहरुले वृक्षारोपण […]