रामेछापमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

रामेछापमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

रामेछापमा कोरोना भाइरस(कोभिड–१९) का कारण फेरी दुई जनाको मृत्यु भएको छ । जिल्लाको सुनापति गाउँपालिका २ का ४७ वर्षका एक पुरुषको आज विहान घरमै मृत्य्ु भएको हो । हिजो मात्रै एन्टिजिन मार्फत उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

यस्तै रामेछाप नगरपालिका वडा नं ३ का ६१ वर्षका अर्का एक महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको ओम अस्पताल काठमाडौमा उपचारको क्रममा हिजो मृत्यु भएको हो । जिल्ला अस्पतालबाट उनलाई थप उपचारको लागी हिजो मात्रै ओम अस्पताल पठाइएको थियो । स्वास्थ्य कार्यालय रामेछापका अनुसार यो संगै जिल्लामा कोरोना संक्रमित भएर ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार