भोलि बेलुकीदेखि पानी पर्ने क्रम बढ्ने मौसमविद्को पूर्वानुमान
भोलि बेलुकीदेखि पानी पर्ने क्रम बढ्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । मनसुनी वायु सक्रिय हुँदै गएकाले भोलि बेलुकीदेखि ठूलो पानी पर्ने क्रम बढ्ने मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार विशेषगरी पहाडी भूभागमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ । भोलि बेलुकीदेखि शनिबारसम्म नै झरीको सम्भावना रहेकाले बाढी–पहिरोको जोखिम बढ्नेछ […]

