रामेछापमा कृषि अनुदान वितरणमा लापर्वाही, वास्तविक किसान मारमा

रामेछापमा कृषि अनुदान वितरणमा लापर्वाही, वास्तविक किसान मारमा

अनुदान रकम वितरणमा समस्या हुँदा रामेछापको खाँडादेवी गाउँपालिकाका वास्तविक किसान मर्कामा परेका छन् । बागमती प्रदेश सरकारका तर्फवाट २५ लाख कृषि अनुदान पाएको रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ३ डफ्काको बाख्रा फार्म अहिले बन्द भएको छ ।

सित्खा कृषि विकास प्रालीले सञ्चालन गरेको फार्म अनुदान पाए लगत्तै बन्द भएको स्थानीयबासी दीपेन्द्र खत्रीले जानकारी दिनुभयो । जिल्लामा अनुदानकै लागि देखावटी फार्म दर्ता गर्ने र अनुदान पाए पछि बन्द गर्ने परिपाटि बढ्दा वास्तविक किसान भने मर्कामा परेका छन् ।

अनुदानको नाममा खेती किसानीमा नलागेकाले पनि राज्यको रकम दुरुपयोग गरेको भए पनि त्यस्ता व्यक्तिलाई कारबाही गर्ने आधार नभएको गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले बताउनुभयो । कृषि नै मुख्य पेशा बनाएर सरकारको सहयोग पर्खिरहेका किसान अनुदानको रकम दुरुपयोग हुँदा निरास बनेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अहिले १ सय १७ प्रकारका व्यवसायमा अनुदान दिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार