रामेछाप उद्योग बाणिज्य संघमा थापा र ढुंगेलको टक्कर,कस्ले मार्ला बाजी ?

रामेछाप उद्योग बाणिज्य संघमा थापा र ढुंगेलको टक्कर,कस्ले मार्ला बाजी ?

रामेछाप उद्योग वाणिज्य संघको यहि फागुन २७ गते हुन लागेको निर्वाचनमा नविन कुमार थापा र नवराज ढुंगेलबिच प्रतिस्पर्धा हुँदै छ । नविन कुमार थापा मगरको नेतृत्वमा रहेको संयुक्त ब्यवसायी तथा समावेसी समुहमा वरिष्ठ उपाध्यक्षमा प्रकाश कुमार श्रेष्ठ, वाणिज्य तर्फको उपाध्यक्षमा राम सुदिश शाह, उद्योग तर्फको उपाध्यक्षमा आकाश रिजाल,महासचिबमा कुमार श्रेष्ठ, सचिबमा यज्ञ प्रसाद सुवेदी र कोषाध्यक्षमा झनक बहादुर बुढाथोकी (उत्तम) रहेका छन् ।

यसैगरी आजिवन सदस्यमा प्रमोद कुमार श्रेष्ठ, महिला सदस्यमा जया सुवेदी, खुल्ला सदस्यहरुमा क्रमशः अर्विन कुमार श्रेष्ठ, वासुदेव फुयाल, राजु श्रेष्ठ, श्याम कुमार श्रेष्ठ र हरेराम क्षेत्री रहेका छन् । थापामगरको समुहले २५ वँुदे साझा प्रतिवद्धता पत्र समेत सार्वजनिक गरिसकेको छ ।

यसैगरी उद्योग बाणिज्य संघमा अध्यक्षको उमेद्वारी दर्ता गराउनु भएका नवराज ढुंगेल समूहमा बरिष्ठ उपाध्यक्षमा सुमिका श्रेष्ठ, बाणिज्य उपाध्यक्षमा राहरी उप्रेति,उद्योग उपाध्यक्षमा चन्द्र मानन्धर, महासचिवमा सुरेश उदाश, सचिवमा राजु थापा, कोषाध्यक्षमा सरोज तामाङ रहेका छन भने आजिवन सदस्यहरुमा किशोर पौडेल, महिला सदस्यमा लक्ष्मी श्रेष्ठ, खुल्ला सदस्यमा सन्तोष दाश कथवनिया,रविन्द्र श्रेष्ठ, कृष्ण गहतराज, रुद्र श्रेष्ठ, र देवचन्द्र कठायत रहेका छन ।

रामेछाप उद्योग बाणिज्य संघको यहि २७ गते हुने निर्वाचनमा १४ पदका लागि २८ जना उमेद्वार प्रतिस्पर्धामा छन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार