नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ३० जनामा कोरोना सङक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको जम्मा संख्या १८ हजार ६ सय १३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित जानकारी गराउने क्रममा जनाएको हो । पछिल्लो २४ घण्टामा ७५ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो […]