सिन्धुलीको हिर्दिङमा हृदपिण्डेश्वर धाम निर्माण हुँदै

सिन्धुलीको हिर्दिङमा हृदपिण्डेश्वर धाम निर्माण हुँदै

सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका वडा नम्बर ५ हिर्दिङमा हृदपिण्डेश्वर धाम निर्माण हुने भएको छ । सतिदेवीको हृदय पतन भएको स्थान हिर्दिङमा हृदपिण्डेश्वर धाम निर्माण हुने भएको हो । धार्मिक गुरु सन्तस्वामी लिलानाथ महाराज तान्त्रिक हिर्दिङमा आएर केहि दिन तपस्या गरेर त्यहाँ दैविक शक्ति रहेको उल्लेख गरे लगतै सो स्थानमा धार्मिक स्थल निर्माण गरिन लागिएको हिर्दिङका स्थानिय प्रेम अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो स्थानमा हृदपिण्डेश्वर धाम निर्माण गर्न समिती गठन गरिएको छ । मन्दिर निर्माणका लागी पहिले देखि नै प्रयास भएपनि त्यो काम सुरु हुन सकेको थिएन । अब भने सो स्थानमा मन्दिर निर्माण गर्नका लागी काम अगाडी बढेको छ । मन्दिर निर्माणका लागी गोलन्जोर गाउँपालिकाले नगद १ लाख रुपैयाँ उपलब्ध गराएको छ भने स्थानियहरुले देउसी भैलो खेलेर संकलन गरेको ८० हजार , स्थानिय विष्णु कार्कीले ५० हजार र नेत्र विक्रम थापाले ५० हजार रकम सहयोग गरेको हिर्दिङका स्थानिय अधिकारीले बताउनुभयो ।

अब हिर्दिङमा मन्दिर ,विवाहमण्डप र धर्मशाला सहितको धाम निर्माण हुने बताइएको छ । मन्दिर निर्माण समितीले मन्दिर निर्माण गर्न धेरै रकम खर्च लाग्ने भएकाले सबै भक्तजन तथा सहयोगी दाताहरुको सहयोगको अपेक्षा गरिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार