आजपनि देशभरी पानी पर्ने

आजपनि देशभरी पानी पर्ने

आजपनि देशभरी पानी पर्ने भएको छ । तर हिजो अस्ति जस्तो लगातार झरी भने पर्ने छैन । बिहान केहीखुलेपनिदिउँसो र साँझपखपानी पर्ने जलतथामौसम पूर्वानुमानमहाशाखाले जनाएको छ । पश्चिमीन्यूनचापीय प्रणालीको प्रभावले अझै भोलिसम्म वर्षाको सम्भावना रहेको जलतथामौसम पूर्वानुमानमहाशाखाले जनाएको छ । भोलि साँझबाट भने सुधार आउने र आइतबारबाट मौसम सफारहने छ ।

हालभारतको मध्यप्रदेशको पूर्वी भूभागमान्यूनचापीय क्षेत्र रहेको र न्यूनचापीय क्षेत्र उत्तर–पूर्व सरिरहेकाले मुलुककाअधिकांश स्थानहरूमा वर्षा भएको हो ।आजदेशभरकाअधिकांश ठाउँमा मौसम बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बाग्मतीप्रदेशकाथोरै स्थानतथा गण्डकी प्रदेशका एक–दुई स्थानमाभारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बाग्मतीप्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णालीप्रदेशका एक–दुई स्थानमाभारी वर्षाको सम्भावना रहेकाले ती स्थानकानदीमापानीको बहाव बढ्ने, पहाडी क्षेत्रमापहिरो जाने, सडक तथाहवाई यातायातप्रभावितहुन सक्ने भएकाले आवश्यक सतर्कताअपनाउनमहाशाखाले अनुरोध गरेको छ ।

भोलिप्रदेश १, प्रदेश २ मा सामान्यबदली र बाँकीप्रदेशहरूमाआंशिकबदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १ र प्रदेश २ का एक–दुई स्थानमाभारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार