श्रीमतिलाइ जबरजस्ती करणी गरेको आरोपमा श्रीमान पक्राउ

श्रीमतिलाइ जबरजस्ती करणी गरेको आरोपमा श्रीमान पक्राउ

आफ्नै श्रीमती माथी जबरजस्ती करणी गरेको आरोपमा सुनसरी रामधुनी १ का आशिष प्याकुरेल पक्राउ परेका छन । काठमाडौ प्रहरीले असोज ९ गते बेलुकि टेकु स्थित निजले सन्चालन गरेको लाइफलाइन सर्जिकल सप्लायर्स कार्यालयबाट पक्राउ गरेको हो । पिडित महिलाले गत असोज २ गते महानगरीय प्रहरी बृत सातदोबाटोमा श्रीमान आशिष प्याकुरेल बिरुद्द जबरजस्ती करणिको जाहेरि दर्ता गराएकी थिइन । श्रीमान आशिषले बाहिर पर-स्त्रीहरु सङ्ग सम्बन्ध राखेर आफू माथी लामो समयबाट घरेलु हिसा देखि जबर्जस्ती करणी सम्म गरेर पिडित बनाएकोले बाध्य भै न्यायको लागि प्रहरी सम्म पुग्न परेको पिडित युवतिले बताएकी छिन । इटहरी २ की पिड्त युवतिले ४ बर्ष अगाडि रामधुनी १ का आशिष प्याकुरेलसँग घरपरिवारकै सल्लाहमा प्रेम विवाह गरेकी थिइन। जबरजस्ती करणिको आरोपमा पक्राउ परेका आशिष् प्याकुरेललाइ आवश्य कारवाहिको लागि महानगरिय प्रहरी बृत सातदोबाटो पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार