नेपालमा कोरोनाबाट मृत्यु हुनेका संख्या ४ सय ५४ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेका संख्या ४ सय ५४ पुग्यो

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय ५४ पुगेको छ । कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । बाँकेमा थप एक जना कोरोना भाइरस सङक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ एकलैनी निवासी ५२ बर्षका पुरुषको आज बिहान साढे २ बजे मृत्यु भएको हो । उहाँको नेपालगञ्ज मेडिकल कलेज शिक्षक अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । मृतकको फोक्सोमा निमोनिया हुनुको साथै उच्च रक्तचाप समेत देखिएको श्रेष्ठले जानकारी दिनुभयो । दिउँसो रिपोर्ट पोजेटिभ आएपछि उनी भदौ ६ गते राति ११ बजे अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार