रामेछापका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

रामेछापका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका थप ५ जनामा कोरोना संक्रमण प्ुष्टि भएको छ । यहि असोज ८ गते जिल्लाबाट पिसिआर परीक्षणका लागी स्वाब संकलन गरी पठाइएका ३२ जनामध्ये ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । कोरोना संक्रमित हुनेहरुमा मन्थली नगरपालिका वडा नम्बर १ की २७ वर्षकी महिला , रामेछाप नगरपालिका वडा नम्बर ८ का ३८ वर्षका पुरुष र २२ वर्षका एक कैदी पुरुष रहेका छन । यसैगरी उमाकुण्ड गाउँपालिका वडा नम्बर ५ का ३० वर्षका महिला र ११ वर्षका बालकमा पनि कोरोना संक्रमण देखिएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य नै छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार