सरकारले असोज १५ गतेदेखि खाडी मुलुकमा नियमित उडान सञ्चालन गर्ने

सरकारले असोज १५ गतेदेखि खाडी मुलुकमा नियमित उडान सञ्चालन गर्ने

सरकारले अक्टोबर १ तारिख अर्थात यही असोज १५ गतेदेखि खाडी मुलुक कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएको छ । यसअघि भदौ १६ गते देखि सुरु भएको अन्तर्राष्ट्रिय उडानमा पीसीआर परीक्षण सहज नभएकाले ती मुलुकमा नियमित उडान भएको थिएन । अहिले चार्टर्ड र उद्धार उडानमात्र भइरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खाडी मुलुकबाट नियमित उडानका लागि अक्टोबर महिनाको उडान सार्वजनिक गरेको छ । मन्त्रालयले यसअघि सेप्टेम्बर महिनाका लागि उडान तालिका सार्वजनिक गरेको थियो । यसअघि चार्टर्ड उडानमात्र भएका तीन गन्तव्य दोहा, रियाद र कुवेतमा अब नियमित उडान गरिने मन्त्रालयका प्रवक्ता कमल भट्टराइले जानकारी दिनुभयो ।

उडान तालिका अनुसार २५ दिनका लागि सातामा कूल औसत एक सय नौ वटा उडान हुने छन् । अक्टोबर महिनाका लागि दैनिक १५ वटासम्म उडान अनुमति दिइएको छ । थप भएको उडान तालिकाअनुसार दोहामा नेपाल एयरलाइन्सका न्यारोबडी र वाइडबडी जहाज र हिमालय एयरलाइन्सले उडान भर्नेछन् । कुवेतबाट जजिरा एयरवेजले उडान गर्नेछ भने रियादबाट हिमालय एयरलाइन्सले नियमित उडान गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार