धादिङकी विवेचना सिलवाल स्नातक तह प्रथम वर्षको परीक्षामा भईन प्रथम

धादिङबेशी । नीलकण्ठ बहुमुखी क्याम्पस धादिङबेशीमा अध्ययनरत विवेचना सिलवाल स्नातक तह प्रथम वर्षको परीक्षामा नेपाल प्रथम भएकी छन् ।शिक्षाशास्त्र संकाय अन्तरगत अङ्ग्रेजी विषय अध्ययनरत सिलवाल ४ सय २५ अङ्क तथा ७०।८३ प्रतिशत सहित नेपाल प्रथम भएकी हुन् ।त्रिभुवन विश्व विद्यालयले गत भदौ महिनामा संचालन गरेको स्नातक तह प्रथम वर्षको शिक्षाशास्त्र सङ्कायको परीक्षामा सिलवाल प्रथम भएकी […]

यातायात व्यवसायीको प्रश्न : रातो प्लेटको गाडी चल्दा कोरोना नसर्ने कालो प्लेट चल्दा सर्ने ?

काठमाण्डौ । सार्वजनिक यातायात क्षेत्रमा काम गर्ने ब्यवसायीहरु तथा मजदुरले कालो पिलेट गाडीहरुलाई सचालन गर्ने तर्फ सरकारको चासो नदेखिएको भन्दै आक्रोस ब्यक्त गरेका छन् ।सार्वजनिक यातायात क्षेत्रमा काम गर्ने ब्यवसायीहरु तथा मजदुरले सार्वजनिक यातायातलाई राहत समेत ब्यवस्था नगरेको र संचालन गर्ने तर्फ समेत स्पष्ट खाका नआएको भन्दै आक्रोस ब्यक्त गरेका हुन । रातो नम्बर पिलेटका […]

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडाैं ।  धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.१३ अङ्कले घटेर एक हजार ३२६.५३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.६४ अङ्कले घटेर २७९.९५ मा पुगेको छ । आज कूल १७९ कम्पनीका २९ लाख ७७ हजार ७०६ कित्ता शेयर रु एक अर्ब […]

धादिबेशीमा पनि निस्कियो प्रधानमन्त्री ओलीको समर्थनमा शान्तिपुर्वक ¥याली

धादिङबेशी ।प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा धादिबेशीमा आज युवाहरुले शान्तिपुर्वक ¥याली निकालेका छन्। देश र जनतासँग मत माग्दा स्थायी सरकार बनाउने वाचा विपरित सरकार गिराउने खेल भएको भन्दै उनिहरुले प्रर्दशन गरेका हुन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटीमा बिना एजेण्डा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग उठाईरहेका बेला सडकमा युवाहरु […]

बुधबार २५५ थपिए संक्रमित, नेपालमा कुल संक्रमितको संख्या १६४२३

काठमाडौं । नेपालमा आज बुधबार २५५ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा २५३ जना जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या […]

नेपाल राष्ट्र बैंकले ५० को नयाँ नोट चलनचल्तीमा ल्याउने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको, नोटमा गभर्नरको दस्तखत रहेको स्थानमा तत्कालीन गभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ । केन्द्रीय बैंकका अनुसार, ‘नोटमा साविककै आकार, प्रकार तथा रंगमा सङ्केत नम्बर ज/८९०००००१ देखि ट/३३९९९९९९ सम्म नेपाल […]

परदेशीका परिवारलाई नीलकण्ठ नगरपालिकाद्वारा शैक्षिक सामाग्री वितरण

धादिङको नीलकण्ठ नगरपालिकाले बैदेशिक रोजगारको कारण समस्यामा परेका अभिभावकका वालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ।सुरक्षित आप्रवासन (सामि) परियोजना अन्तरगत नीलकण्ठ नगरपालिकाले नगरभित्रका ७ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरीएको सामि परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडीले बताउनुभयो।परदेशमा मृत्यु भएका २ जना,बेपत्ता भएका ४र भनेको जस्तो कमाई नभएर फर्किएका १ जना गरी जम्मा ७ जनालाई प्रतिव्यक्ती ६ […]

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुग्यो, २ सय ९३ थपिए

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ । आज देशभर बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । हिजो शनिबार २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र […]

राष्ट्रपतिलाई महाअभियोग लगाउने प्रचार झुठो हो : प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउने भनेर झुठो प्रचार गरिएको बताएका छन् । उनले आफ्नो स्वार्थका लागि अनर्गल प्रचार नगर्न र राष्ट्रपतिलाई विवादमा नतान्न आग्रह पनि गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रीहरुसँगको छलफलमा आफूलाई प्रधानमन्त्री पदबाट हटाउने र  राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षडयन्त्र गरिएको […]

कक्षा ११ को परीक्षा विद्यालयले नै लिने

काठमाडौं – सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार सम्बद्ध विद्यालयलाई दिने नीतिगत निर्णय गरेको हो । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले हाल कक्षा ११ को परीक्षा सञ्चालन […]