कोरोना रोकथामका लागि गोकुलगंगा गाउँपालिकाको खर्च लगभग ४२ लाख

कोरोना रोकथामका लागि गोकुलगंगा गाउँपालिकाको खर्च लगभग ४२ लाख

रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण र व्यवस्थापनमा ४१ लाख ८२ हजार ६ सय ५९ रुपैयाँ खर्च भएको छ । ६ वटा वडा रहेको गोकुलगंगा गाउँपालिकामा सबैभन्दा बढी औषधी एवम् मेडिकल सामाग्री खरिदमा २० लाख ६२ हजार ८ सय २२ रुपैयाँ खर्च भएको गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक जागिर रायले ई रामेछापलाई जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले आइसोलेसन तथा क्वारेन्टाइन निर्माणमा ८ लाख ५७ हजार ७ सय ७८ रुपैयाँ र्खच गरेको छ । उपचार व्यवस्थापनमा ३ लाख ९८ हजार ३ सय २० रुपैयाँ र राहत तथा अन्य शीर्षमा ८ लाख ६३ हजार ७ सय ३९ रुपैयाँ गरी हालसम्म ४१ लाख ८२ हजार ६ सय ५९ रुपैयाँ खर्च भएको रायले बताउनुभयो । कोरोना संक्रमण फैलन नदिन पालिकाले विभिन्न कामहरु गर्दै आएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार