नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३२२ पुग्यो

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३२२ पुग्यो

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ जना मृतक थपिएसँगै मृत्यु हुनेको संख्या ३२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो । नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ । पछिल्लो २४ घण्टामा १४५४ जना संक्रमित थपिएका छन् । एकै दिन थपिएको यो संख्या हालसम्मकै बढी हो । नेपालमा अहिले १४ हजार ९ सय ४८ संक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ८ हजार २९१ जना र होम आइसोलेसनमा ६ हजार ६ सय ३४ जना रहेका छन् । १७० जना आइसीयूमा र २५ जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ९७२ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या ३६ हजार ६ सय ७२ रहेको छ । यो कुल संक्रमितको ७१ प्रतिशत हो । पछिल्लो २४ घण्टामा १० हजार ७ सय १ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै ६ सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डौका ६ सय २०, भक्तपुरका ३८ र ललितपुरका ३८ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । शुक्रबार थपिएकासँगै उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार सात सय आठ पुगेको छ । यस्तै गएको २४ घण्टामा देशैभर एक हजार चार सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार