काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञामा केही खुकुलो

उपत्यकामा कुन दिन कस्ता पसल खुल्छ, कस्ता बन्द हुन्छ ?

काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञामा केही खुकुलो

उपत्यकामा कुन दिन कस्ता पसल खुल्छ, कस्ता बन्द हुन्छ ?

काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञामा केही खुकुलो भएको छ। निषेधाज्ञाकास्वरुप उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले परिवर्तन गरेका हुन् । मंगलबार नै तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुमोदनका लागि गृहमन्त्रालयमा पठाएको निषेधाज्ञाको स्वरुपहिजो स्वीकृत भएको हो । निजी सवारीलाई जोर विजोर चल्न दिने, दैनिक उपभोग्य समानका पसल पनि समय तोकेर सञ्चालन गर्ने तथा निजी कार्यालय, उद्योग एवम् कलकारखाना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने गरी निषेधाज्ञाको नयाँ स्वरुप तयार पारिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।

तर होटल रेष्टुरेन्ट, सिनेमा हल, क्लब तथा अन्य मनोरञ्जन स्थल भने बन्द नै रहनेछन् । निषेधाज्ञा खुकुलो भए पनि भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चमा नित्य पूजाबाहेक गतिवविधि गर्न, कलकारखाना र व्यवसयायमा भीडभाड हुने कामगर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न पाइने छैन ।

उपत्यकामाकुन दिन कस्ता पसल खुल्छ, कस्ता बन्द हुन्छ?

उपत्यकामा तीनहप्ते लामो निषेधाज्ञालाई खुकुलो पारेसँगै तीनवटै जिल्ला प्रशासनकार्यालयले पसलहरुलाई आलोपालो सञ्चालन गर्ने दिने निर्णय सार्वजनिक गरेको छ । अत्यावश्यक वस्तु वा सेवा मध्ये औषधी विक्री वितरण गर्ने र स्वास्थ्य सामग्री विक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि सञ्चालन गर्न सकिनेछ ।नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गरी अत्यावश्यक वस्तु वा सेवा मध्ये खाद्यान्न वस्तु, दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु विक्री वितरण गर्ने पसलहरु विहान ११ बजेसम्म र बेलुका ५ बजे देखि ७ बजेसम्म खोल्न सकिनेछ ।

काठमाडौँ उपत्यका भित्र विकास निर्माणसँग सम्बन्धित सामग्री विक्री वितरण गर्ने पसल तथा व्यवसायका साथै सोको ढुवानीका लागि प्रयोग हुने सवारी साधन दिउँसो २ बजेदेखि बेलुका ७ बजेसम्म खोल्न पाइने भएको छ ।टेक अवे सेवाको साथै अनलाइन डेलिभरी सेवा उपलब्ध गराउन स्वास्थ्यको मापदण्ड पालना गरी गराई दिउँसो १२ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न सकिनेछ । सहकारी संस्थाहरू बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।सपिङ्ग मल, फेन्सी स्टोर, कपडा, जुत्ता पसल, कस्मेटिक पसल लगायत पसलहरू स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइनेछ ।

भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरू साताको आइतबार, मंगलबार, र शुक्रबार मात्र खोल्न सकिनेछ ।फर्निचर र अटोमोबाइल सम्बन्धी पसल सातामा सोमबार र बुधबार खोल्न पाइनेछ ।फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरू, ईलेक्ट्रिनिक्स पसलहरू र डिपार्टमेन्टल स्टोरहरू विहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न पाइनेछ ।सवारी साधन मर्मत सम्बन्धी वर्कसप विहान ८ बजेदेखि बेलुकी ८ बजेम्म सञ्चालन गर्न सकिनेछ ।उद्योग, कलकारखाना सञ्चालन गर्दा कामदारहरूको खाने बस्ने व्यवस्थाका लागि अनिवार्य रुपमा उद्योग परिसरमै क्याम्पमा राख्ने व्यवस्था सामग्री सम्बन्धित उद्योग, कलकारखाना आफैँले प्रबन्ध गर्नुपर्ने छ ।

निषेधाज्ञा खुकुलो भयो तर काठमाडौंमा रोकिएको छैन सङ्क्रमितको संख्या 

निषेधाज्ञा खुकुलो बनाउने सरकारले निर्णय गरेपनि, काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमित थपिने क्रम भने घटेको छैन । काठमाडौं उपत्यकामा बुधबार मात्रै थप ४६४ जनामा कोरोना भाइरससङ्क्रमण पुष्टि भएको छ । काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै काठमाडौंमा सङ्क्रमितको संख्या ७ हजार ६११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८१ जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार १६७ नमुना परीक्षण गर्दा उनीहरूमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । ३३ हजार ८ सय ८२ सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ९ सय १८ जना डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । कोरोनाका कारण हालसम्म ३१२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार