रामेछापका ५ प्रहरी सहित आज थप ६ जनामा कोरोना पुष्टि

रामेछापका ५ प्रहरी सहित आज थप ६ जनामा कोरोना पुष्टि

रामेछाप जिल्लामा ५ जना प्रहरी सहित आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापले दिएको जानकारी अनुसार यहि भदौ २३ गते पिसिआर परीक्षणको लागी पठाइएको जिल्लाका २७ जनाको स्वावमध्ये ६ जनामा कोरोना पोजेटिभ देखिएको हो । मन्थली नगरपालिका वडा नम्बर १ का ८६ वर्षिय एक महिला र जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत २७,४७,३८,३४ र २७ वर्षका ५ जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार