रामेछापको ८ वटै स्थानीय तहमा कांग्रेसको अधिवेशन सम्पन्न,केहिमा निर्वाचन केहिमा सर्वसम्मत

नेपाली कांग्रेस रामेछापको गाउँ /नगरको अधिवेशन सम्पन्न भएको छ । जिल्लाको आठ वटै स्थानीय तहमा सभापति सहितका पदाधिकारी चयन भएका छ्न । केही स्थानीय तहमा निर्वाचन मार्फत सभापति चयन गरिएको छ भने केहिमा स्थानीय तहमा सर्वसम्म सभापति र पदाधिकारी चयन भएका छ्न । नेपाली कांग्रेस रामेछाप पालिका अधिवेशनमा निर्वाचित पदाधिकारीहरु : मन्थली नगरपालिका – शंकरप्रसाद […]

नेपाली काँग्रेस रामेछाप नगरको सभापतिमा कमल विक्रम कार्की निर्वाचित

नेपाली कांग्रेस रामेछाप नगर समितिको सभापतिमा फेरि पनि कमल विक्रम कार्की निर्वाचित हुनुभएको छ । यस अघि पनि उहाँ नै रामेछाप नगर समितिको सभापति हुनुहुन्थ्यो । सभापति पदका लागि राम प्रसाद घिमिरे र कार्की बिच सहमति जुट्न नसकेपछी मतदान मार्फत सभापति टुंगाइएको हो । कार्किले १३७ मत प्राप्त गर्नुभयो भने घिमिरेले ३५ मत प्राप्त गर्नुभयो […]

रामेछाप बेथानमा जीप दुर्घटनामा एक जनाको ज्यान गयो, चार जना घाइते

रामेछापको सुनापति गाउँपालिका–४ बेथानको पानी ट्याङ्कीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । चार जना घाइते भएका छन् । प्रदेश ३–०१–०२४ च १४४० नम्बरको जीप हिजो बेलुका दुर्घटना हुँदा सुनापति गाउँपालिका–३ हिलेदेवीकी ४३ वर्षीया शारदा खत्रीको ज्यान गएको हो । उहाँको काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान ज्यान गएको हो । दुर्घटनामा […]

वडादशैँको अवसरमा रामेछाप गोल्डकप फुटबल प्रतियोगिता हुँदै

वडादशैँको अवसरमा रामेछाप गोल्डकप फुटबल प्रतियोगिता २०७८ हुने भएको छ । रामेछाप नगरपालिका वडा नं ७ मा रहेको जागरुक युवा क्लबले रामेछाप गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको छ । रामेछाप नगरपालिका भित्र रहेका विभिन्न क्लबहरुले मात्र प्रतियोगितामा सहभागीता जनाउन पाउने छन । प्रतियोगिता यहि असोज २१ गतेदेखी २६ गतेसम्म सन्चालन हुने आयोजकले जानकारी दिएको […]

नेकपा (एकिकृत समाजवादी) पार्टी रामेछापको अध्यक्षमा रमेश कुमार बस्नेत

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को रामेछाप जिल्ला अध्यक्षमा रमेश कुमार बस्नेत चयन हुनुभएको छ । रामेछाप सदरमुकाम मन्थलीमा भएको जिल्ला कमिटी भेलाले बस्नेतको अध्क्षतामा २ सय ९१ सदस्यीय समिति गठन गरेको हो । उक्त भेलाले उपाध्यक्षमा धन योञ्जन र सचिवमा लालसिंह तामाङलाई चयन गरेको छ । आजै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को जिल्ला […]

रामेछाप मन्थलीमा एकीकृत समाजवादीको पार्टी कार्यालय स्थापना

रामेछापमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को पार्टी कार्यालय स्थापना भएको छ । पार्टीका केन्द्रीय उपाध्यक्ष मुकुन्द न्यौपानेले आज कार्यालय उद्घाटन गनुभएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै न्यौपानेले नेकपा एमालेले वैचारिक बाटो त्यागेकोले कम्युनिस्ट आदर्श र मूल्य मान्यतालाई बचाइराख्न एकीकृत समाजवादी अग्रसर भएको वताउनुभयो । उहाँले ओली नेतृत्वको एमालेले कम्युनिस्टको निष्ठा, आदर्श र सिद्धान्तमा […]

रामेछापमा चोरी डकैती गर्ने चार जना पक्राउ

भरुवा बन्दुक सहित धारिलो हतियार देखाएर त्रसित बनाई चोरी डकैती गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय रामेछापले सार्वजनिक गरेको छ । सार्वजनिक हुनेहरुमा गोकुलगंगा गाउँपालीका ६ बस्ने क्रमश ठुला भन्ने ३३ बर्षिय मिलन तामङ्ग,बर्ष २६ को राहुल भन्ने लाल बहादुर तामाङ्ग,जंगे भन्ने ३४ वर्षिय आकास तामाङ्ग,र वर्ष १८ को आषिश भन्ने भूमिराज तामाङ्ग रहेका छन् […]

एभोकाडो चोरेको आरोपमा रामेछापका २ सहित १२ जना पक्राउ

पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहोराको घरबाट एभोकाडो चोरेको आरोपमा १२ जना पक्राउ परेका छन् ।नयाँबानेश्वरको संगम चोकस्थित बोहोराको घरबाट यही असोज १ गते एभोकाडो चोरी भएको थियो । त्यसपछि बानेश्वर प्रहरी र अपराध महाशाखाको टोलीले अनुसन्धान गर्दा १२ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा रामेछापका सन्जिव खड्का, रामेछापका निरज नेपाली,मकवानपुरका रोज राई, काभ्रेका यमबहादुर […]

सुपथ मुल्यमा सामान पाएपछी उपभोक्ता खुसी

दशैँ तिहार र छठ पर्वलाइ लक्षित गर्दै सरकारले देशभरका बिभिन्न ७८ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । बजारको तुलनामा सस्तोमा सामान पाइने भएपछि शहर बजारका नागरिक उत्साहित भएका छन् । तर यस्ता पसल गाउँ गाउँ सम्म सञ्चालन गर्नुपर्ने आम उपभोक्ताको भनाइ छ । सरकारले चलाएको सस्तो पसलमा चामल, दाल, घिउ, आँँटा, चीनि, जिरा, […]

रामेछाप गोठगाउँमा पहिरोले ३ घरमा क्षति ७ घर उच्च जोखिममा

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं १ गोठगाउँमा गएराति अबिरल वर्षासंगै खसेको पहिरोले क्षति पुर्याएको छ । गोठगाउको बाहुन टोलमा घरमाथिको सडकबाट बगेको पानीले जमिन गलेर पहिरो जाँदा ३ घर पुर्ण रुपमा क्षति भएको वडाअध्यक्ष नर ब थापाले जानकारी दिनुभयो । प्रदेश सरकारले निर्माण गरेको सडकको नाला नखनी सडक निर्माण गर्दा आज यो अवस्था आएको […]