रामेछाप जिल्लामै पहिलो पटक लोप हुँदै गएको तुरधासी गित प्रतियोगिता

४३ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा रामेछापमा लोप हुँदै गएको तुरधासी प्रतियोगिता तथा मौलिक साँस्कृतिक कार्यक्रम गरिएको छ । बिहिबार रामेछाप नगरपालिका ६ सिमल भन्ज्याङमा उक्त कार्यक्रम सम्पन्न भएको हो । नेपाल मगर संघ रामेछाप नगर समितिको आयोजनामा भएको कार्यक्रममा रामेछाप नगरपालिका भित्रका ७ वटा तुरधासी समुहले सहभागीता जनाएका थिए । मगर समुदायको भेषभूषा […]

रामेछाप अस्पतालको सफलता,छोटो समयमै बागमती प्रदेशकै दोस्रो बन्यो

रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा रहेको रामेछाप अस्पताले सेवाग्राही(बिरामी) हरुको मन जित्दै आफ्नो भरोसा बढाउदै लगेको छ । जसको परिणाम अहिले देखिएको छ । अस्पतालको नेतृत्व र कर्मचारीहरुको मेहनत र बिरामीहरुको भरोसाले अस्पतालले छोटो समयमै राम्रो सफलता हात पारेको हो । वाग्मती प्रदेशका अस्पतालहरूमध्यबाट यो अस्पताल दोस्रो बन्न सफल भएको छ । बाग्मती प्रदेश भित्र […]

रामेछाप सुनारपानीका अपाङ्गता भएका ब्यक्तिहरुलाई बाख्रा वितरण

रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानी भित्र रहेका अपाङ्गता भएका ब्यक्तिहरुकालाई बाख्रा वितरण गरिएको छ । अपाङ्ग सचेतन सेवा केन्द्र रामेछापले उक्त वडाका ३० जना अपाङ्गता भएका ब्यक्तिहरुलाई फागुन ६ गते बाख्रा वितरण गरेको हो । मन्थली नगरपालिका र वडा कार्यालय संगको समन्व र वागमति प्रदेश सरकार सामाजिक विकास कार्यालय धुलिखेलको आर्थिक सहयोगमा सो […]

सेतो गुँरासद्वारा मन्थलीमा प्रारम्भिक बालविकास सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम संचालन

रामेछापको मन्थली नगरपालिकामा सञ्चालित “प्र.अ. वि.व्य.स. र शिक्षक अभिभावक संघका अध्यक्षका लागि प्रारम्भिक बालविकास सम्बन्धी १ दिने अभिमुखीकरण” कार्यक्रमले बालविका सकेन्द्रहरुको सञ्चालन तथा व्यवस्थापनका लागि साझा धारणा र बुझाइको विकास गराउन महत्वपूर्ण सहयोग पु¥याएको सहभागिहरुले बताएका छन् । “इसिडी हार्मोनी परियोजना” अन्तर्गत चाइल्ड एड नेटवर्क फाउण्डेशनको सहयोगमा मन्थली नगरपालिकासँगको सहकार्यमा सेता गुराँस राष्ट्रिय बालविकास सेवाले […]

जुनार बेचेरै यो वर्ष ४ लाख ५० हजार कमाईःअगुवा जुनार कृषक शेरबहादुर तामाङ

रामेछापको रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीका अगुवा जुनार कृषक शेरबहादुर तामाङले जुनार खेतीबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । निकै रहरलाग्दो बगैँचा व्यवस्थापना सहित जुनार खेती गर्दै आउनुभएका कृषक तामाङसँग गरिएको कुराकानीको सम्पादित अंश :  जुनार कति रोपनीमा लगाउनु भएको छ ? जुनार खेतिको अवस्था कस्तो छ ? १० रोपनीमा खेति गरेको छु । […]

वैदेशिक रोजगार र सहरीकरणले रित्तिँदै गाउँ

सुन्दर बगैंचा पनि गोडमेल हुन सकेन भने कुरुप र निरर्थक देखिन्छ । अहिले हाम्रा गाउँ बस्तीहरू त्यही अवस्थामा पुगेका छन् । ४० वर्षअघि गाउँमा जुन रौनक थियो, अहिले ती सबै कथाजस्तै लाग्छ । जतासुकै हरियाली, मौसम अनुसारका खेती, मिजासिला छिमेकी र आफन्तका कारण गाउँको महत्व नै बेग्लै थियो । अहिले ती गाउँ, गाउँ जस्ता रहेनन् […]

कार्य सम्पादन मूल्याङ्कनमा रामेछापको मन्थली पहिलो,रामेछाप नगरपालिका दोस्रो

रामेछापका ८ स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा रामेछाप जिल्लाको मन्थली नगरपालिका प्रथम भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्य सम्पादन मूल्याङ्कनको प्रारम्भिक नतिजामा रामेछापका दुई नगरपालिका र ६ गाउँपालिका मध्ये मन्थली नगरपालिका प्रथम भएको हो । प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रारम्भिक नतिजा अनुसार रामेछाप नगरपालिका […]

चालु आ.व को ७ महिनामा रामेछाप नगरपालिकाको जम्मा बजेट खर्च २९.५५ प्रतिशत मात्रै

रामेछापको रामेछाप नगरपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म अर्थात साउन महिनादेखी माघ महिनासम्मको जम्मा बजेट खर्च २९.५५ प्रतिशत मात्रै रहेको छ । मंगलबार(आज) नगरपालिकामा आयोजित अर्धवार्षिक समिक्षा गोष्ठी कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईले सो कुरा बताउनुभयो । यो अवद्यिमा चालु बजेट तर्फ २०.३५ प्रतिशत र पुँजीगत तर्फ ८.१४ प्रतिशत मात्रै बजेट खर्च […]

जंगली जनावरले असाध्यै दुःख दिएको रामेछापका जुनार कृषकको गुनासो

रामेछापका जुनार कृषकहरुले जंगली जनावरले असाध्यै दुःख दिएको बताएका छन । पाकेको जुनार बाँदर,मृग लगायतका विभिन्न जंगली जनावरहरुले नष्ट गरिदिने गरेको उनिहरुको गुनासो छ । शुक्रबार(आज)जुनार जोन संचालन समन्वय समिति रामेछापको वडा नं ७ सुकाजोर वडाकार्यालयमा भएको घुम्ती बैठकमा सहभागी किसानहरुले सो गुनासो गरेका हुन । जुनार कृषक राम कुमार कार्कीले बाँदरले अरु बालिनालीसँगै जुनारमा […]

छोराको जन्म दिनको अवसरमा बुबाले दिए विद्यार्थीलाई न्यानो कपडा

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ मा रहेको गैँयाश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा (ट्याक सुट) वितरण गरिएको छ । आज(शुक्रबार) सोही वडाको सुकाजोर घर भएका शेर बहादुर दर्लामी मगरले छोराको जन्म दिनको अवसरमा न्यानो कपडा वितरण गर्नुभयोे । बेलायतमा रहेका छोरा बिक्रम दर्लामी मगरको २६ औँ जन्म दिनको अवसरमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको […]