राशी कार्कीको अध्यक्षतामा सुकाजोर महिला संजाल गठन

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा महिला संजाल गठन गरिएको छ । राशी कार्की(सीता)को अध्यक्षतामा संजाल गठन गरिएको हो । शनिबार(आज) वडासदस्यहरु रन्जिता कार्की र लक्ष्मी नेपाली सहितको वडाका महिलाहरुको भेलाले संजाल गठन गरिएको हो । महिला संजालको अध्यक्षमा राशी कार्की(सीता),उपाध्यक्षमा ज्ञानुकादेवी कार्की,सचीवमा मन्दिरा नेपाली,सहसचिवमा सुभत्रा भुजेल,कोषाध्यक्षमा गंगा बस्नेत र सदस्यहरुमा लिला थापा मगर,धनमाया […]

रामेछापका आङटावा शेर्पा सहित ७ जना उच्च अदालतमा

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा थुनामा रहेका मध्य ७ जनाले उच्च अदालत पाटनमा निवेदन दिएका छन् । काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रामेछापका पूर्व सांसद आङटावा शेर्पा र डा. इन्द्रजित राईसहित ७ जनाले दिएको निवेदन दर्ता भएको उच्च अदालत पाटनका रजिष्टार ठगिन्द्र कट्टेलले जानकारी दिनुभयो । फौजदारी कार्यविधि संहिता २०७४ को दफा(७३ बमोजिम ‘बेरितको […]

रामेछाप ‘मोडेल सिजन–४’ बनिन् सिता र ‘लिटिल मोडेल सिजन–३’ बने योआना

रामेछाप ‘मोडेल सिजन–४’ को ताज मन्थली नगरपालिका वडा नं २ टेकानपुरकी सिता कार्कीले जितेकी छन् । सिजन ४ को विजेता बनेकी कार्कीले क्राउन,ट्रफि, प्रमाणपत्र, गिफ्ट ह्याम्पर र नगद ७ हजार रुपैयाँ प्राप्त गरेकी छन् । त्यस्तै ‘‘लिटिल मोडेल सिजन–३’ मा योआना तामाङ विजेता बनेकी छिन् । उपाधि जितेकी तामाङले ‘लिटिल क्राउन’ ट्रफि, प्रमाणपत्र, गिफ्ट ह्याम्पर […]

अधिकार प्रयोग गर्न नपाएको रामेछापका अपाङ्गता भएकाहरूको गुनासो

कानुनमा भएको व्यवस्था अनुसार अधिकार प्रयोग गर्न नपाएको रामेछापका अपाङ्गता भएकाहरूले गुनासो गरेका छन् । समावेशी सिद्धान्त कार्यान्वयनको सन्दर्भमा होस् वा दिगो विकासका लक्ष कार्यान्वयनमा,अपाङ्गता भएका व्यक्तिको अधिकार र सुविधाका लागि विशेष प्राथमिकता दिनुपर्ने भनिएको छ । तर नयाँ संविधान कार्यान्वयनमा गएको ८ वर्ष बित्दा पनि अपाङ्गता भएका व्यत्तिहरु अधिकारका लागि लडिरहेका छन् । संविधानमा […]

समाजसेवी प्रदिप घिमिरेको सहयोगमा सडक पेटीमा बस्दै आएका एक पुरुषले देखे आँखा

विगत लामो समयदेखी स्वयम्भुको सडक पेटीमा बस्दै आएका नुर्बु तामाङका दुबै आखाँमा मोतियाबिन्दु भएको थियो । समाजसेवी ओम श्रेष्ठ र प्रदिप घिमिरेको सहयोगमा नुर्वु तामाङको देब्रे आँखाको मोतियाविन्दुको अप्रेशन सफल भएको छ । नुर्वुको अवस्थाबारे तिलगंगा आँखा प्रतिष्ठान प्रशासन समक्ष समाजसेवी प्रदिपले जानकारी गराएपछि तिलगंगा आँखा प्रतिष्ठानले उनको निःशुल्क अप्रेशन गराएको छ । केही समय […]

रामेछापका सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव

देशका धेरै सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दो छ । सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यार्थी सङ्ख्या बढाउन थुप्रै योजना बनाएर करोडौँ रुपैयाँ लगानी गरे पनि सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव झन्झन् समस्याको विषय बन्दै गएको छ । रामेछापका अधिकांश आधारभूत सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव छ । जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सिम्लेमा रहेको […]

असारको दोस्रो सातासम्म पनि रामेछापमा अधिकांश खेत बाँझै

असारको दोस्रो सातासम्म रामेछापका अधिकांश किसानले यस वर्ष धान रोपेका छैनन् । समयमै वर्षात नहुँदा यसवर्ष जिल्लामा धान रोपाइँ ढिला भएको हो । असारको मध्येसम्म पनि रामेछापमा करिब १८ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । यस वर्ष मनसुन ढिला भित्रिएपछि असारको दोस्रो सातासम्म पनि करिब ८२ प्रतिशत खेत बाँझै रहेका छन् । गतवर्ष असारको […]

यो वर्ष रामेछापमा १८ प्रतिशत खेतमा मात्रै धान रोपाइँ सम्पन्न

यो वर्ष रामेछाप जिल्लामा १८ प्रतिशत खेतमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ । असार महिनाको १५ गते बितिसक्दा रामेछाप जिल्लामा १८ प्रतिशत खेतमा मात्रै धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र रामेछापका सूचना अधिकारी शर्मिला फुयाँले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको गोकुलगङ्गा, उमाकुण्ड, र दोरम्बा शैलुङ गाउँपालिका लगायतका क्षेत्रका गरी जम्मा १८ प्रतिशत […]

सुनापती गाउँपालिकाले ल्यायो ५४ करोड ७८ लाख ५५ हजारको बजेट

रामेछापको सुनापती गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ५४ करोड ७८ लाख ५५ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष गिता विष्टले गाउँसभामा बजेट प्रस्तुत गर्नुभएको हो । गाउँपालिकाले निती तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषि र सडकलाई मुख्य प्राथमिकता दिइएको छ । गाउँपालिकाले यो पटक पनि धेरै पुरानै निती तथा कार्यक्रमलाई निरन्तरता दिएको हो । गाउँसभाले […]

दोरम्बा शैलुङ गाउँपालिकाले ल्यायो ५६ करोड ६४ लाखको बजेट

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ५६ करोड ६४ लाख ५१ हजार ४ सय ६८ रुपैयाँको बजेट ल्याएको छ । र्आइतबार गाउँपालिकाको १३ औं गाउँसभामा उपाध्यक्ष खमला थापा मगरले आर्थिक वर्ष २०८०/०८१ को लागि ५६ करोड ६४ लाख ५१ हजार ४ सय ६८ रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो । पालिकाको अघिल्लो वर्षको […]