रामेछापको लिखु हाइड्रोको स्कारपियो सिन्धुपाल्चोकमा दुर्घटना,२ जनाको मृत्यु

रामेछापको लिखु हाइड्रोको स्कारपियो सिन्धुपाल्चोकस्थित पाँचकिलो भन्ने स्थानमा शनिबार राती दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । एमबी दुगड हाइड्रोको स्कारपियो रामेछापको बाम्तीबाट दोलखा हुँदै काठमाडौं जाने क्रममा सिन्धुपाल्चोकमा दुर्घटना भएको हो । जीप लामोसाँघु– जिरी सडकखण्ड अन्तर्गत सुनकोशी गाउँपालिकाको पाँच किलो नजिकै राती २ बजे दुर्घटना […]

रामेछापको गोकुलगंगा गाउँपालिकामा लम्पी स्किन रोग लागेर ५६ वटा पशु मरे

रामेछापको गोकुलगंगा गाउँपालिकामा गाई भैँसीमा लाग्ने लम्पी स्किन रोग सङ्क्रमणबाट ५६ वटा गाई गोरु मरेका छन । गाउँपालिकाका ३१ सय ७३ गाई गोरु संक्रमित रहेको गाउँपालिकाका पशुपंक्षि विकास शाखाका प्रमुख लोक प्रसाद फुयालले जानकारी दिनुभयो । उहाँका अनुसार यो रोग लागेका २४ सयभन्दा बढी गाई गोरुको उपचार भैरहेको छ । ६ वटा वडा रहेको गाउँपालिकाको […]

रामेछापको दोरम्बामा ट्रक दुर्घटना हुँदा पाँच जना घाइते

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका २ बोदलमा सोमबार अपराह्न बा ५ ख ४०३८ नम्बरको ट्रक दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दोरम्बा २ को घट्टेखोलामा निर्माणाधीन पुलको सामग्री लिएर त्यसतर्फ जाँदै गरेको ट्रक अनियन्त्रित भएर सडकबाट करिब २ सय मिटर खसेको थियो […]

आँखा पाक्ने रोग लाग्नबाट नवजात शिशुहरूलाई जोगाउन डाक्टरको सुझाव

आँखा पाक्ने रोग लाग्नबाट नवजात शिशुहरूलाई जोगाउन डाक्टहरूले सुझाव दिएका छन् । अन्य व्यक्तिको तुलनामा नवजात शिशुहरूमा आँखा पाक्ने रोगले जटिलता ल्याउनसक्ने भएकाले विशेष सावधानी अपनाउन डाक्टरहरूले आग्रह गरेका हुन् । सामान्यतया वयस्क व्यक्तिहरूमा यो रोग लागे एकदेखि २ हप्तामा निको हुने भए पनि नवजात शिशुहरूमा भने अरू सङ्क्रमण फैलिएर आँखाको ज्योती नै गुम्ने खतरा […]

रामेछाप जिल्ला फुटबल संघद्धारा खेलाडीका लागि जर्सी तथा फुटबल वितरण

रामेछाप जिल्ला फुटबल संघले खेलाडीका लागि जर्सी तथा फुटबल वितरण गरेको छ । संघले आज (शनिवार) मन्थली नगरपालिका वडा नं. १ र ६ को सिमानाको कुनौरी स्थित खेल मैदानमा नै जर्सी तथा फुटबल वितरण गरेको हो । संघका अध्यक्ष सुन्दर घिमिरेका अनुसार संघले ४३ जोर जर्सी र ७ थान फुटबल वितरण गरिएको हो । फुटबल […]

रामेछापको बिजुलीकोटमा घरको आँगनमा लडेर एक महिलाको ज्यान गयो

आफ्नै घरको आँगनमा लडेर रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ बिजुलीकोटमा एक महिलाको ज्यान गएको छ । गएराति आँगनमा चिप्लिएकी ४५ वर्षीया सरिता तामाङको घटनास्थलमै ज्यान गएको रामेछाप प्रहरीले जानकारी दिएको छ । लडेर तामाङको टाउकोमा गहिरो चोट लागेर उनको ज्यान गएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको रामेछाप प्रहरीको भनाई छ ।

सबैको मन जितेर बिदाई भए प्रमुख प्रशासकिय अधिकृत पौडेल

रामेछापको रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामेछाप नगरपालिकाबाट सरुवा हुनुभएको छ । २०७९ असोज १२ गते रामेछाप नगरपालिकामा आएर प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएका निरज पौडेल धादिङको धुनिवेसी नगरपालिकामा सरुवा हुनुभएको हो । मंगलबार (आज) रामेछाप नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी प्रमुख प्रशासकिय अधिकृत पौडेललाई फेरि भेटौँला भन्दै विदाई गरेको हो । छोटो समय प्रमुख […]

समाजसेवी घिमिरेद्वारा घरबारविहीनलाई टिसर्ट र प्लाष्टिक वितरण

देशभर परेको परेको अविरल वर्षासँगै पानीले निथ्रुक्क भिजेर काठमाडौको विभिन्न स्थानका चिसो सडकपेटी, पुलमूनी र ढलको पाइपभित्र भोक भोकै रात बस्न बाध्य भएका भोका प्यासा १०० जना मानिसहरुलाई प्रदिप घिमिरेले तातो खानासँगै टिसर्ट (गन्जी) र ओढ्ने प्लाष्टिक वितरण गरेका छन् । चार वर्षदेखी निरन्तर रातको समयमा तातो खाना खुवाएर गरीब दुःखीहरुको साहारा बन्दै आएका प्रदिपले […]

रामेछाप कारागारमा एक कैदीको मृत्यु

बलात्कार मुद्दामा रामेछाप कारागारमा कैद भुक्तान गरिरहेका एक वृद्धको मृत्यु भएको छ । रामेछापको उमाकुण्ड गाउँपालिका –६ का ८४ वर्षीय वृद्ध पदमबहादुर श्रेष्ठको मृत्यु भएको हो । सोमबार साँझ कारागारको बाथरुममा लडेर घाइते भएका श्रेष्ठको जिल्ला अस्पताल रामेछापमा उपचारको क्रममा मृत्यु भएको जिल्ला कारागार कार्यालय रामेछापका प्रमुख रुपलाल तामाङ्गले जानकारी दिनुभयो । कैदी श्रेष्ठ उच्च […]

सेलेघाट साँघुटार सडक आयोजनाको काम सुस्त,छिटो काम सक्न सरोकारवालाको निर्देशन

रामेछापकोे साँघुटार सेलेघाट सडक आयोजनालाई छिटो भन्दा छिटो काम सक्न सरोकारवालाहरुले निर्देशन दिएका छन । आईतबार(आज) रामेछाप नगरपालिका वडा नं ७ को कार्यालयमा जनप्रतिनिधी,राजनीतीक दल,नागरीक समाज र पत्रकार सहितको बैठकले काम छिटो सक्न निर्देशन दिएको हो । रामेछाप नगरपालिकाका प्रबक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीको सहजिकरणमा भएको छलफल कार्यक्रममा उक्त सडक आयोजना […]