रामेछाप गोकुलगंगा बेतालीका बृद्धको हत्या आरोपमा चार जना पक्राउ

रामेछापको गोकुलगंगा गाउँपालिकास्थित बेतालीका एक बृद्धको खुकुरी प्रहार गरी हत्या गरेको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । गोकुलगंगा गाउँपालिका ४ का ८४ वर्षिय शंम्शेर बहादुर थापामगरको हत्या आरोपमा स्थानीय चार जना पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआईवी) र रामेछाप प्रहरीले थापामगरको हत्या आरोपमा स्थानीय रामपियारी खड्का, मान बहादुर मगर, […]

गौरीशङ्कर बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा सन्देश घिमिरे

गौरीशङ्कर बहुमुखी क्याम्पस रामेछापको क्याम्पस सभाबाट सञ्चालक समितिको अध्यक्षमा सन्देश घिमिरे चयन हुनुभएको छ । शनिवार भएको अधिवेशनबाट घिमिर सहित समितिको सदस्यहरू सर्वसम्मत चयन भएका हुन । समितिको सदस्यहरूमा क्रमश कुमारी हायु, लक्ष्मण कुमार घिमिरे र सरोज कटुवाल चयन भएका छन । रामेछाप नगरपालिकाका नगर प्रमुख लबश्री न्यौपानेले उद्धघाटन गर्नुभएको क्याम्पस सभामा बोल्दै उहाँले रामेछाप […]

रामेछापको राकाथुममा जिप दुर्घटना हुँदा चालकको ज्यान गयो,७ जना घाइते

रामेछापको खाँडादेवी गाउँपालिकाको राकाथुममा जिप दुर्घटना १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ घाइते भएका छन् । खाँडादेवीको वडा नम्बर ७ को ताल्दुमबाट काठमाडौंतर्फ जाँदै गरेको बा १६ च ३२२५ नम्बरको जिप शनिबार अपराह्न दुर्घटना हुँदा जिप चालक कालुमान तामाङको घटनास्थलमानै मृत्यु भएको हो । दुर्घटनामा ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी […]

रामेछापमा एसइईको सम्पुर्ण तयारी पुरा,३ हजार २ सय ३१ जना विद्याथीले परीक्षा दिँदै

यहि चैत्र १७ गते शुक्रबार भोलीदेखी सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइईको तयारी पुरा भएको छ । एसइई परीक्षाको सम्पुर्ण तयारी पुरा भएको शिक्षा विकाश तथा समन्वय इकाई रामेछापका प्रमुख भरत भट्टराईले बताउनुभयो । यो वर्ष रामेछापका ३ हजार बढी विद्यार्थी परीक्षामा सहभागी हुँदैछन । जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा […]

रामेछाप सुनारपानी मच्चाबारीमा आगोले एक घर जलेर नष्ट

रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानी मच्चाबारीमा आगोले एक घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । गएराति जंगलमा लागेको आगोले यम बहादुर मगरको घर पुर्ण रुपमा जलेर नष्ट भएको वडा न ५ का वडाअध्यक्ष नविन कार्की रबिनले जानकारी दिनुभयो । यम बहादुरले पालेको एउटा गोरु समेत आगोमा परेर जलेको छ । नेपाल आर्मी […]

रामेछापको बेतालीमा खुकुरी प्रहारबाट एक वृद्धको मृत्यु

रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ बेतालीस्थित लिसेखानीमा खुकुरी प्रहारबाट अन्दाजी ८२ वर्षीय वृद्ध शमशेर बहादुर थापामगरको मृत्यु भएको छ । सोमबार साँझ करिब साढे ७ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा अज्ञात समुहले थापामगरमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट घाइते भएका उनलाई उपचारका लागि मन्थली ल्याउने क्रममा बाटोमै मृत्यु भएको गोकुलगंगा गाउँपालिका वडा […]

स्थायी शिक्षक नियुक्तीमा इकाई प्रमुखको चलखेल, सुगम पार्नलाई तीन जनालाई नियुक्ती नै दिएनन्

शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुखले शिक्षक नियुक्तमा व्यापक चलखेल गरेका छन् । प्रावि तह तृतिय श्रेणीका नयाँ शिक्षक नियुक्तीमा नियुक्तीका लागि निवेदन शुल्क बुझाएका तीन जनालाई इकाई प्रमुख भरत बहादुर भट्टराइले नियुक्त नै नदिइ गोलमोटलमा बाँकीलाई मात्रै नियुक्त दिएका छन् । योग्यताक्रमको आधारमा नियुक्ती दिँदा अहिले दुर्गम पालिका पुग्ने भएपछि उनले केही दिनमा […]

रामेछापको ७ स्थानिय तहमा दमकल छैन,आगलागी हुँदा करडौँको क्षती

रामेछाप नगरपालिका वडा नं ७ रजयछापमा २०७८ चैत्र १२ गते भएको आगलागीमा परेर ११ घर जलेर नष्ट भयो । हरेक वर्ष आगलागीबाट लाखौँको क्षति हुने गरेको भएपनि रामेछाप नगरपालिकासँग दमकल छैन । आगो निभाउन मन्थली नगरपालिकाकै दमकल कुर्नुपर्ने बाध्यता छ । नगरपालिकामा दमकल नभएकै कारण त्यति ठूलो क्षति भएको स्थानीयको ठहर छ । रामेछाप नगरपालिकाका […]

रामेछापमा बसाइँसराइ दर बढ्यो,गाउँका घर खाली

रामेछापमा विभिन्न कारणले गाउँघर छोड्ने क्रम बढेको छ । रामेछापका ८ मध्ये सबैजसो स्थानीय तहमा गाउँ छोडेर सहर रोज्ने क्रम बढेको पाइएको हो । मिठो खाने र राम्रो लगाउने सपना पूरा गर्न मात्र नभइ शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात तथा अन्य स्रोतसाधनमा सहज पहुँच हुने आशामा रामेछापका गाउँबाट बसाइँ सरेर जाने क्रम बढेको हो । केहि […]

रामेछाप रामपुरको राजमा ब्रान्डिङ,लेभलिङ र प्याकेजिङ सहित बजारमा

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ५ रामपुर गेडागुडीको पकेट क्षेत्र हो । रामपुरमा गहत,मस्याङ,मास र राजमा धेरै मात्रामा उत्पादन हुँदै आएको छ । यहाँ उत्पादन भएको राजमा अब ब्रान्डिङ,लेभलिङ र प्याकेजिङ सहित देश तथा विदेशका बजारहरुमा पुग्ने भएको छ । सगरमाथा कृषि तथा पशुपालन सहकारी संस्था रामपुरले बजारीकरणको काम थालेको छ । सियास र […]