रामेछापमा जोगी समुदायको फेरी लगाउने पेशा सङ्कटमा

रामेछापको जोगी समुदायलाई परम्परा जोगाउन चुनौती देखिएको छ । पुस्तौँदेखि रामेछाप, दोलखा, ओखलढुङ्गा,सिन्धुली लगायतका जिल्लामा जोगी समुदायका मानिसहरूले पेशाकै रुपमा फेरी लगाउने काम गर्दै आएपछि पछिल्लो समय उनीहरूको यो पेशा लोप हुन लागेको हो । विशेषगरी गाउँघरमा कात्तिक र चैत महिनामा रातभर विभिन्न मन्त्र उच्चारण गर्दै फेरी लगाउने र बिहान भएपछि घरघरमा गएर सिदा उठाउने […]

जिल्ला अस्पताल रामेछापमा जनरल बेड निःशुल्क

यहि भदौ १ गतेदेखी जिल्ला अस्पताल रामेछापमा जनरल बेड निःशुल्क भएको छ । बागमती प्रदेश सरकारले मातहतका १३ वटा अस्पतालमा बेड निःशुल्क उपलब्ध गराउने परिपत्र गरेसँगै रामेछाप अस्पतालमा जनरल बेड निःशुल्क भएको हो । बागमती प्रदेश सरकार मातहतका १३ वटा सरकारी अस्पतालमा भदौ १ गतेदेखी जनरल बेड निःशुल्क गरिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले निर्णय […]

विरता र बलिदानको प्रतिक दोरम्बा संसारभर चिनिएको छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रामेछापको दोरम्बा विरता र बलिदानको प्रतिक रहेको बताउनुभयो । २० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा आयोजना गरिएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले दोरम्बा देशभर मात्रै नभएर संसारभर चिनिएको बताउनुभयो । संयुक्त राष्ट्रसंघले पनि दोरम्बा हत्याकाण्डलाई एउटा भयानक अपराधिक हत्या काण्डको रुपमा लिएको उहाँले बताउनुभयो । तत्कालीन विद्रोही माओवादी र सरकारबीच दाङको […]

रामेछापमा चिकित्सकको सिफारिसबिना नै औषधि बिक्री

रामेछापमा चिकित्सकको सिफारिसबिना नै औषधि बिक्री हुने गरेको पाइएको छ । स्थानीय सरकारले पालिकाभित्र सञ्चालन भएका मेडिकल तथा स्वास्थ्यसंस्थाको बारेमा अनुगमन, नियमन गर्ने अधिकार भए पनि हुन सकेको छैन । रामेछाप धोवीका श्रीराज महत मन्थलीको एक मडिकलमा औषधि किन्न जानुभयो । उहाँले आफुलाई स्वास्थ्यमा देखा परेको लक्षण मेडिकल संचालकलाई बताएपछि सोही आधारमा उसले औषधि दियो […]

रामेछापको ढिपिडाँडामा घाँस काट्न गएका वृद्ध मृत भेटिए

रामेछापको रामेछाप नगरपालिका -७ ढिपिडाँडामा एक वृद्ध मृत अवस्थामा फेला परेका छ्न । आइतबार(आज) बिहान घरबाट नजिकै रहेको खरपाखामा घाँस काट्न गएका ६९ वर्षका नीर बहादुर खड्का मृत अवस्थामा भेटिएका हुन । घाँस काट्दा काट्दै एक्कासि वृद्धको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतक खड्काको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल रामेछापमा राखिएको प्रहरी […]

१४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बाबियाखर्कका एक पुरुष पक्राउ

एक १४ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा रामेछाप बाबियाखर्कका एक पुरुष पक्राउ परेका छन । रामेछाप नगरपालिका –८ बाबियाखर्कका ३७ वर्षका भुपेन्द्र भुजेललाई प्रहरीले पक्राउ गरेको हो । यहि साउन २५ गते दिउँसो १ बजेको समयमा भुजेलले गाउँकै १४ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको रामेछाप प्रहरीले जनाएको छ । बालिकामाथि जबरजस्ती करणी भएको खबर […]

रामेछाप नगरपालिकामा लम्पी स्किन रोग लागेर १ सय ४६ वटा पशु मरे

रामेछापको रामेछाप नगरपालिकामा गाई भैँसीमा लाग्ने लम्पी स्किन रोग सङ्क्रमणबाट १ सय ४६ वटा भन्दा बढी गाई गोरु मरेका छन । नगरभरीका २८ सय ७५ गाई गोरु संक्रमित रहेको नगरपालिकाका पशुपंक्षि विकास शाखाका प्रमुख काजी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार यो रोग लागेका ४ सय ४६ वटा गाई गोरुको उपचार भैरहेको छ । ९ […]

शिक्षा विधेयकको विरोधमा रामेछाप नगरपालिकालाई निजी विद्यालय सञ्चालकको ध्यानाकर्षण पत्र

सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन गर्ने भएपछि निजी विद्यालयका सञ्चालकहरु आन्दोलनमा उत्रिएका छन् । जसअन्तर्गत आज प्याब्सन रामेछाप नगर समितिले रामेछाप नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्याब्सन रामेछाप नगर समितिका संयोजक रविन्द्र कुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको ध्यानाकर्षण पत्रमा विद्यालय शिक्षा विधेयक अवैधानिक भन्दै निजी विद्यालयका सञ्चालकले सरकारले प्रस्ताव गरेको विधेयकमा विद्यालयलाई शैक्षिक गुठीमा […]

जिल्ला अस्पताल रामेछापमा १ सय ४० सेन्टिमिटरकी महिलाले जन्माईन ४.२ केजीको बच्चा

जिल्ला अस्पताल रामेछापमा १ सय ४० सेन्टिमिटरकी एक महिलाले ४.२ केजीको बच्चालाई जन्म दिनुभएको छ । मंगलबार साँझ ७ बजेर २३ मिनेटको समयमा १ सय ४० सेन्टिमिटर मात्रै उचाई भएकी महिलाले ४.२ केजीको बच्चालाई जन्म दिनुभएको हो । रामेछाप नगरपालिका ४ हिमगंगाकी २२ वर्षिय रुपा थापा मगरको अपरेशन मार्फत बच्चा जन्माईएको जिल्ला अस्पताल रामेछापका विशेषज्ञ […]

सुनकोशी गाउँपालिकाले जेष्ठ नागरीक,अपाङ्ग,अशक्त र विपन्न नागरीकको निशुल्क उपचार गर्दै

सिन्धुलीको सुनकोशी गाउँपालिकाले जेष्ठ नागरीक,अपाङ्ग,अशक्त र विपन्न नागरीकको निशुल्क उपचार गरिरहेको छ । यहि २०८० असार १ गतेदेखी पालिका भित्रमा सबै जेष्ठ नागरीक,अपाङ्ग,अशक्त र विपन्न नागरीकको निशुल्क उपचार भैरहेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिनुभयो । सुनकोशी गाउँपालिका र आत्मीय सामुदायिक अस्पतालबिच सम्झौता भएर निशुल्क उपचार सेवा संचालन भैरहेको प्रशासकीय अधिकृत दर्जीले बताउनुभयो । […]