रामेछापको भंगेरीमा बनाउन सुरु गरिएको पुष्पलाल पार्क अलपत्र
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मस्थान रामेछापको भंगेरीमा बनाउन सुरु गरिएको पुष्पलाल पार्क अलपत्र परेको छ । २ वर्ष अघि नै निर्माण सम्पन्न हुनुपर्ने पार्क निर्माणको काम अलपत्र परेको हो । नेपाली कम्युनिष्ट आन्दोलनका अगुवा पुष्पलालको जन्मस्थान भंगरीका १७ परिवारको करिब ५५ रोपनी जग्गा सरकारले अधिग्रहण गरी पुष्पलाल पार्क बनाउने काम थालेको थियो […]