शिक्षक आन्दोलन:रामेछापका ३६४१० बालबालिका प्रभावित,स्थानीय तह अधिकार प्रयोगमा निरीह बन्दै

नवराज विश्वकर्मा सरकारले ल्याएको शिक्षा विध्येकका विरुद्धमा विद्यालय नै पूर्ण रुपमा बन्द गरेर आन्दोलनमा उत्रिएका शिक्षकहरुको कारण रामेछापका ३६ हजारभन्दा बढी बालबालिकाहरुको पठनपाठन प्रभावित भएको छ । दुई नगरपालिका र ६ गाउँपालिका गरी आठ स्थानीय तह रहेको रामेछापमा २५३ वटा आधारभूत र ८८ वटा माध्यमिक विद्यालय गरी जिल्लामा ३४१ वटा सामुदायिक विद्यालय छन्; जहाँ ३६ […]

रामेछाप बजारको सडक मर्मतको काम जारी

रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारको सडक मर्मतको काम भैरहेको छ । माथिल्लो बजारदेखी तल्लो बजारसम्मको करिब १ किलो मिटर सडक मर्मतको काम भैरहेको रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले जानकारी दिनुभयो । साँघुटार सेलेघाट सडक आयोजन अन्तर्गत पिच हुनुपर्ने सडक आयोजनाले समयमै काम नसक्दा रामेछाप बजार अस्तव्यस्त बनेको हो । बजारको सडक अस्तव्यस्त र भद्रगोल […]

संविधानमा लेखिएका व्यवस्थाबारे नागरिकले थाहा पाएनन्

संविधान जारी भएको ८ वर्ष पूरा भए पनि नागरिकले भने संविधानमा लेखिएको व्यवस्था थाहा पाउन पाएका छैनन् । गाउँमा खेती किसानी र मजदुरी गर्नेहरू मात्रै नभइ पढेलेखेकै युवा पनि संविधानका प्रावधानबारे बेखबर छन् । देशको इतिहासमै पहिलो पटक संविधान सभामार्फत जनताका प्रतिनिधिले बनाएको संविधान २०७२ असोज ३ गते जारी भएको थियो । अधिवक्ता खगेन्द्र खरेलले […]

संविधानमा उल्लेख गरिएका विषय महसुस गर्न नपाएको रामेछापबासीको गुनासो

नेपालको संविधान २०७२ जारी भएको आज आठ वर्ष पुगेको छ । बनाउनेहरूले यो संविधान विश्वकै उत्कृष्ट संविधान भने पनि संविधानमा उल्लेख भएका विषय नागरिकको जीवनमा देखिएको छैन । विपन्न, अल्पसङ््ख्यक, ज्येष्ठ नागरिक, महिला, दलित, अपाङ्गता भएका व्यक्तिलगायत विभेदमा पारिएका वर्ग समुदायलाई संविधानले अधिकार दिएको छ । तर उनीहरूले व्यवहारमा कुनै पनि अधिकार वा सेवा सुविधा […]

रामेछाप कारागारबाट ३ जना कैदी जेल मुक्त

संविधान दिवस २०८० को अवसरमा रामेछाप कारागारमा रहेका ३ जना कैदी जेल मुक्त भएका छन् । जेल मुक्त हुने ३ जना कैदी विभिन्न मुद्धामा जेल सजाय भोगिरहेकाहरु हुन । ४० देखी ५० प्रतिशत कैद सजाय भोगिसकेकाहरुको सजाय मिनाहा भएको हो । सर्लाहीका राजेशचन्द्र सिंह,रामेछाप नगरपालिका ३ का दिल कुमार तामाङ्ग र सुनापती गाउँपालिका ३ का […]

कर्तव्य ज्यान मुद्धामा रामेछाप कोटगाउँका एक पुरुष पक्राउ

कर्तव्य ज्यान मुद्धामा रामेछाप कोटगाउँका एक पुरुष पक्राउ परेका छ्न । यहि भदौ ६ गते रामेछापको लिंखुतामाकोशी गाउँपालिका वडा नं.४ कोटगाँकी बर्ष ४५ की एकल महिला सरिता तामाङ आफ्नै घरको शौचालय अगाडी आगनमा घोप्टो परी निधारमा चोट लागेको अबस्थामा मृत फेला परेकीे थिइन । सोहि घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय धोबि डाडाले थप अनुसन्धान गर्ने […]

रामेछाप खाँडादेवीमा एक पुरुषको बेवारिसे शब फेला

रामेछापको खाँडादेवी गाउँपालिका –१ खैरेनि पुल नजिक बेवारीसे शव फेला परेको छ । सुनकोसी नदिको किनारमा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । सोमबार दिउँसो नाम थर नखुलेको अंन्दाजी बर्ष ५०/५२ का पुरुषको शव फेला परेको हो । शवको मुचुल्का उठाइ शवको पहिचानका लागि मन्थली अस्पतालमा राखिएको प्रहरीले जानकारी […]

रामेछापको गाल्पा बतासे डाँडामा सामुदायिक अस्पताल बन्ने,दुई जनाले गरे जग्गादान

रामेछापको सुनापति गाउँपालिका वडान २ दिमिपोखरी गाल्पा बतासे डाडामा सामुदायिक अस्पताल बन्ने भएको छ । उक्त ठाउँमा अस्पताल बनाउनका लागी दुईजना स्थानियले जग्गा दान दिनुभएको छ । कान्छीमाया तामाङ मेमोरियल सामुदायिक अस्पताल निर्माण गर्न मोहन कुमार तामाङ र शम्भु घिसिङले सम्युक्तरुपमा २ रोपनी जग्गा दान गर्नु भएको हो । अहिलेको भाउ अनुसार करिब ५० लाख […]

भैरवी मावि सुनारपानीका विद्यार्थीलाई ट्रयाक सुट वितरण

रामेछाप ३१ भाद्र । मन्थली नगरपालिका ५ सुनारपानीको भैरवी माध्यमिक विद्यालयका २०६३ एसएलसीको ब्याचले आफुहरुलाई अध्यापन गराउने शिक्षकलाई शनिवार बिद्यालय परिसरमा एक विशेष कार्यक्रम गरि सम्मान गरेको छ । २०६३ ब्याचको पुर्व बिद्यार्थीको संयुक्त प्रयासमा विद्यालयका विद्यार्थीहरूलाई ट्रयाक सुटसमेत वितरण गरेको छन । उक्त ब्याचको नेतृत्वमा विद्यालयका ९ जना शिक्षकलाई सम्मान पत्र र मायाको चिनो […]

सेवा निवृत्त प्रधानाध्यापक कार्कीलाई सम्मान सहित विदाइ

रामेछाप जिल्लाको पहिलो माध्यमिक विद्यालय श्री गौरीशंकर माध्यमिक विद्यालयका सेवा निवृत प्रधानाध्यापक नीर बहादुर कार्कीलाई सम्मान सहित विदाइ गरिएको छ । शुक्रबार(आज) विद्यालयमा आयोजित एक कार्यक्रमका विच सेवा निवृत प्रअ कार्कीलाई शिक्षक,अभिभावक,विद्यार्थी,जनप्रतिनिधि,विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि लगायतले सम्मान पत्र र मायाको चिनो प्रदान गरि सम्मान गरेका थिए । विगत १९ वर्षदेखी सो विद्यालयको प्रअको […]