जिल्ला अस्पताल प्राङ्गणमा कालिका भगवती मन्दिर पुनः निर्माण

जिल्ला अस्पताल रामेछापको प्राङ्गणमा कालिका भगवती मन्दिर पुनः निर्माण भएको छ । २०७२ को भूकम्पले क्षती गरेको पुरानो मन्दिरको ठाउँमा अहिले नयाँ मन्दिर बनेको हो । उक्त मन्दिरमा आज(शनिबार) पुजाआजासहित मूर्ति र गजुर राखिएको छ । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले मन्दिर उद्धघाटन गर्नुभयो । १० लाख ९२ हजार ६३ रुपैयाँ लागतमा निर्माण भएको मन्दिरमा […]

रामेछापमा चितुवाको आतंक, खोरमै राखिएका खसी मारिए,स्थानिय त्रसित

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ तामाङ्ग टोलमा चितुवा आतंक भएको स्थानीयले बताएका छन् । खोरमै राखिएका खसी चितुवाले खान थालेपछि स्थानीयवासी चिन्तित बनेका हुन । बिहिबार राती स्थानिय मोहन तामाङ्गको २ वटा खसी चितुवाले मारेको वडाअध्यक्ष सन्तोष तामाङ्गले जानकारी दिनुभयो । खोरमै छिरेर चितुवाले खसी मारेको हो । चितुवा जंगलबाट गाउँघरमा आएर साँझ […]

रामेछापको मन्थलीमा बन्यो तीनलाल पार्क,नगर प्रमुख श्रेष्ठद्धारा उद्धघाटन

रामेछापको मन्थली नगरपालिकाको गौरवको आयोजना तीनलाल पार्क बिहिबार उद्धघाटन गरिएको छ । मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले उक्त पार्कको उद्धघाटन गर्नुभयो । पटक–पटकको म्याद थपपछि निर्माण कार्य सम्पन्न भएको पार्क ७ करोडको लागमा बनेको हो । मन्थली नगरपालिका–१ हाटेचौरमा बनेको पार्कमा अत्याधुनिक सुविधा सम्पन्न, स्विमिङ पुल, २ तले प्रशासनिक भवन, ४०८ जना क्षमताको सभा भवन, […]

गोकुलगंगा गाउँपालिकाद्धारा बढी लोड भएका गाडी सञ्चालनमा रोक

रामेछापको गोकुलगंगा गाउँपालिकाले जिल्ला सदरमुकाम मन्थली हुँदै खिम्ती–फर्पु–नमाडी–बेताली सडक खण्डमा ठुला गाडी सञ्चालनमा रोक लगाइएको छ । गाउँकार्यपालिकाको बैठकले उक्त सडक खण्डमा आउँदो असोज ३० गते सम्मको लागि ठुला गाडी सञ्चालनमा रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत होम बहादुर थापाले हस्ताक्षरगरी जारी गरिएको सुचनामा उल्लेख छ । बर्षातको समयमा सडकको क्षमता भन्दा बढी ठुला मालवाहक […]

बागमती प्रदेश सरकारको खर्च ६७.१९ प्रतिशत मात्रै

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको कुल बजेटमा ६७.१९ प्रतिशत मात्रै गरेको छ । चालु आर्थिक बर्षका लागि ७० अर्ब ९३ करोड ९२ लाख ९१ हजार बजेट ल्याएको प्रदेश सरकारले ७० प्रतिशत पनि खर्च गर्ने लक्ष्य लिएको थियो । तर लक्ष्यअनुसारको बजेट खर्च नभएको प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौंडाका कार्यालय प्रमुख हरि प्रसाद उपाध्यायले जाकारी […]

रामेछापको आख्रेनी स्वास्थ्य चौकीमा भएको स्वास्थ्य शिविरमा १९६ जनाले लिए सेवा

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनी स्वास्थ्य चौकीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापको आयोजनामा भएको शिविरमा १ सय ९६ जनाले सेवा लिएका छन । बुधबार भएको शिविरमा नसर्ने रोगहरुको सचेतना तथा परीक्षण र स्क्रिनिङ्ग शिविर संचालन गरिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । उक्त […]

रामेछाप नगर उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व,अध्यक्षमा-अमित तामाङ

रामेछाप नगर उद्योग वाणिज्य संघले आज पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न गरेको छ । संघका अध्यक्ष शम्भु कुमार श्रेष्ठको अध्यक्षता र उद्योग वाणिज्य संघ बाग्मती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा नगर उद्योग वाणिज्य संघले व्यवसायिहरुको हकहितमा गर्दै आएको कामहरुको बारेमा समेत जानकारी गराएको थियो । रामेछाप […]

सुनको सिक्री लुट्ने रामेछाप लिखुतामाकोशीका एक सहित गिरोह नै पक्राउ

काठमाण्डौमा महिलाहरूको सुनको सिक्री लुट्ने रामेछापका एक सहित गिरोह नै पक्राउ परेका छन । ’मर्निङ वाक’ मा निस्किने महिलाहरूलाई सुनियोजित ढङ्गले पछ्याएर सिक्री लुट्ने पाँच जनाको गिरोहलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । उनीहरूले २० दिनमा आठ जना महिलाको सिक्री लुटेका कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभयो । […]

जिल्ला अस्पताल रामेछापमा कृतिम घटना अभ्यास

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ रामेछाप बजार नजिकै सवारी दुर्घटना भयो । आज(आइतबार) बिहान १० बजेको समयमा भएको मिनीबस दुर्घटनामा १० जना घाईते भए । घाईते मध्ये एक जनाको अस्पतालमा उपचारको क्रममा ज्यान गयो । घटनास्थलमा पुग्दा घाइतेहरु चिच्चाहट गर्दै थिए । कोहि रोडमा पछारिएका थिए । कोहि गाडीमुनी परेका थिए त कोहि […]

रामेछापको गोकुलगंगामा गरिबी हटाउन तालिम तथा औजारहरु वितरण

रामेछापको गोकुलगंगा गाउँपालिकाले गरिबी हटाउन तालिम तथा औजारहरु वितरण गरेको छ । गाउँपालिकामा गरिब लक्षित कार्यक्रम अन्तरगत व्यावसायिक कृषि गर्न पशुपालनको तालिम दिने देखि कृषि औजार बनाउने अत्याधुनिक इलेकट्रोनिक उपकरण सम्मका सामाग्री गाउँ–गाउँमा पुगेका छन् । गाउँपालिका भित्र रहेका आर्थिक रूपले विपन्न, अल्पसङ्ख्यक, दलित, सीमान्तकृत तथा पछाडि परेका समुदायलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रमबाट व्यावसायिक […]