२५ जना भन्दा बढी भेला नहुन रामेछाप प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रामेछापले पनि जिल्लाका सार्वजनिक स्थल, विवाह,व्रतबन्ध,भोजभतेर,सभा सम्मेलनमा २५ जना भन्दा बढी भेला हुन नपाइने जनाएको छ । सरकारको निर्णयलाई पूर्ण रुपमा पालना गर्नको लागि जिल्लावासीलाई रामेछाप प्रशासनले आग्रह गरेको छ । कोरोनाको सङ्क्रमण बढेपछि सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । विवाह, ब्रतबन्ध, मलामी जस्ता कार्यमा २५ […]

पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली, अरु भू–भागको मौसम सामान्यतया सफा रहने

आज पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही मुलुकको अरु भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी क्षेत्रको मौसम प्रभावित हुने भएको हो ।अहिले देशको पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।दिउँसो […]

३३ पदक सहित गौरीशंकर माविले जित्यो तेस्रो रास्ट्रपति रनिङ शिल्ड

“स्वास्थ्यका लागी खेलकुद , राष्टका लागी खेलकुद ” भन्ने मुल नाराका साथ रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा शुक्रबारदेखि सुरु भएको तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता श्री गौरीशंकर माध्यमिक विद्यालयले जितेको छ । नगर भित्रका १३ वटा माध्यमिक विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा श्री गौरीशंकर माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ । गौरीशंकर माध्यमिक विद्यालयले विभिन्न खेलमा […]

दोरम्बामा आगलागी हुँदा दुई घर जलेर नष्ट

रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका २ मा आगलागीबाट २ वटा घर जलेर नष्ट भएका छन् । डिक बहार नेपाली, तुलसी नेपाली र सन्तमायाँ नेपाली गरी तीन परिवार बस्दै आएका घर जलेर नष्ट भएका हुन् । डिकबहादुरको घरमा आगो लागेको थाहा पाउना साथ दोरम्बास्थित नेपाली सेना, प्रहरी र स्थानीय आगो नियन्त्रणमा जुटेका थिए । आगलागीबाट मानवीय क्षति […]

रामेछाप नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको रामेछाप नगरपालिकामा तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी सुरु भएको छ । रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले प्रतियोगिताको उद्धघाटन गर्नुभयो । प्रतियोगिताको उद्धघाटन गर्दै नगर प्रमुख थापा मगरले हरेक वर्ष आयोजना हुने रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहदेखी विद्यार्थीहरुमा खेल प्रति रुचि बढेको […]

२० थान सिसौंका काठ सहित रामेछापमा २ जना पक्राउ

रामेछापको सदरमुकाम मन्थलीबाट अबैध रुपमा ल्याउदै गरेको काठसहित २ जनालाई रामेछाप प्रहरीले प्रक्राउ गरेकोे छ । चैत्र १ गते दिउसो मन्थली नगरपालिका २ आकाशेमा खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा ट्याक्टर सहित २ जनालाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यलय रामेछापका प्रवक्ता श्री शंकर श्रेष्ठले जानकारी दिनुभयो । मन्थली नगरपालिका ११ पन्थलीबाट ज १ त ८०२५ […]

रामेछापको भालुखोपडाँडामा भालुखोप सामुदायिक होमस्टे सन्चालन

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ भालुखोप डाँडामा भालुखोप सामुदायिक होमस्टे सन्चालनमा आएको छ । रामेछाप नगरपालिकाको पर्यटकिय स्थलको रुपमा रहेको भालुखोपडाँडामा स्थानियहरुले भालुखोप सामुदायिक होमस्टे सन्चालन गरेका हुन । तामाङ समुदायको बसोबास रहेको उक्त स्थानमा नयाँ वर्ष २०७८ सालको अवसर पारेर बुधबारदेखी सामुदायिक होमस्टे सन्चालनमा आएको हो । रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले सामुदायिक […]

करेन्ट लागेर दम्पत्तीको मृत्यु

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ शान्तिचोकमा करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय समीर पाख्रिन र उनकी ३० वर्षीया श्रीमती अन्सु पाख्रिन रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । सोमबार बिहान घरको मिटर बक्समा झोलिएको तारलाई फलामको डण्डीले उठाउन खोज्दा करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरुको हेटौँडा अस्पतालमा उपचारको क्रममा […]

आत्मालोचना गरेर पार्टीमा फर्किन नेता नेपाललाई ओलीको आग्रह

प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेर पार्टीमा फर्किन पार्टीका नेता माधवकुमार नेपाललाई आग्रह गर्नुभएको छ । आत्मआलोचना गरेर फर्कन तर फर्किएर पार्टीलाई ध्वस्त पार्न खोजे ठीक पार्ने पनि उहाँले चेतावनी दिनुभयो । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले पनि पार्टीबाट निष्कासन नगरेको भन्दै आत्मालोचना गरेर […]

नेपालमा कोरोना सङ्क्रमित र मृतक दुबै बढ्दै,२४ घण्टामा १३ जनाको मृत्यु

नेपालमा कोरोना सङ्क्रमित मृतकको संख्या बढ्दै गएको छ । गत २४ घण्टामा १३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमित मृतकको संख्या ३ हजार ५३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि हिजो एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको थियो । गत २४ घण्टामा ५ सय ५९ जना […]