रामेछापको मन्थलीमा मोटरसाइकल चोरीको आरोपमा प्रहरी जवान पक्राउ
जिल्ला प्रहरी कार्यालय रामेछापको सवारी चालकको रुपमा कार्यरत प्रहरी जवान उपेन्द्रप्रसाद भण्डारी चोरीको अभियोगमा सोमबार पक्राउ परेका छन् । प्रहरी आफैं चोरी कार्यमा संलग्न रहेको र गलत कार्य गर्ने प्रहरीलाई कानुनी दायरामा ल्याएको रामेछापमा यो पहिलोपटक हो । जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेकै बेला मन्थलीबाट उनले पार्किङ गरी राखेको मोटरसाइकल चोरी गरेको तथ्य सीसीक्यामेराको फुटेजमा […]

