लक्ष्मी आयल स्टोर्सलाई २ लाख जरिवाना

लक्ष्मी आयल स्टोर्सलाई २ लाख जरिवाना

तोकिएभन्दा बढी मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गरेको भेटिएपछि रामेछापको सदरमुकाम मन्थलीको लक्ष्मी आयल स्टोर्सलाई २ लाख जरिवाना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले सोमबार गरेको निरीक्षणको क्रममा पुरानै बिल प्रयोग गरी सरकारले तोकेभन्दा बढी मूल्यमा इन्धन बिक्री गरेको भेटिएपछि उक्त जरिवाना गरेको जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले नागरिकको गुनासोका आधारमा निरीक्षणको क्रममा कानुनविपरीत बिलविजक राखेको र तोकिएभन्दा बढी मूल्यमा इन्धन बिक्री गरेको भेटिएकाले जरिवाना गरिएको बताउनुभयो ।

सरकारले जेठ ३ गते राति १२ बजे देखि इन्धनको मूल्य घटाएको भए पनि लक्ष्मी आयल स्टोर्सले पुरानै मूल्य लिइरहेको पाइएकोले पहिलो पटक उक्त जरिवाना गरिएको उहाँले बताउनुभयो । लक्ष्मी आयल स्टोर्सले यसअघि पनि इन्धनमा मिसावट गरेको फेला परेपछि केही अवधि पम्पमा सिल गरीएको थियो ।

मन्थलीमा ३ वटा आयल स्टोर्सहरु संचालनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार