नक्कली भुटानी शरणार्थी प्रकरण:प्रहरी कार्यालयमा पुगे रामेछापका पूर्वसभासद शेर्पा

नक्कली भुटानी शरणार्थी प्रकरण:प्रहरी कार्यालयमा पुगे रामेछापका पूर्वसभासद शेर्पा

रामेछाप जिल्लाबाट निर्वाचित नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पा प्रहरी कार्यालयमा उपस्थित भएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले बयानका क्रममा संलग्नता रहेको बताएपछि प्रहरीको आग्रहमा जिल्ला अदालत काठमाडौंले आइतबार शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले शेर्पा प्रहरी कार्यालयमा आइपुगेको जानकारी दिए । शेर्पा २०७० मा कांग्रेसका तर्फबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

यो प्रकरणमा नेकपा एमालेका नेता तथा सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार