काठमाडौंमा रामेछापकी एक महिलाले गरिन् आफैंले आगो लगाएर आत्महत्या

काठमाडौंमा रामेछापकी एक महिलाले गरिन् आफैंले आगो लगाएर आत्महत्या

रामेछापका एक महिलाले काठमाडौंमा शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । रामेछापको मन्थली नगरपालिका वडा नं ४ घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले आगो लगाएर आत्महत्या गरेको त्यहाँका प्रहरी सहायक निरीक्षक श्याम तामाङले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार श्रेष्ठले शुक्रबार दिउँसो पौने ३ बजेको समयमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् ।शरीरमा आगो लागेपछि छटपटिंदै कोठा अगाडिको सडकमा आएपछि स्थानीय र प्रहरीले उद्धार गरेका थिए । अचेत अवस्थामा उद्धार गरिएकी श्रेष्ठको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा आज बिहान तीन बजेर २० मिनेट जाँदा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना के कति कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार