रामेछाप सैपुमा करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु

रामेछाप सैपुमा करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर रामेछापको लिखु तामाकोशी गाउँपालिका २ सैपुका २९ वर्षीय युवक सुवास कार्कीको मृत्यु भएको छ ।

सोमबार लिखु नदीमा व्याट्रीबाट करेन्ट जोडेर माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको स्थानीयहरूले बताएका छन् । कार्कीको घटनास्थलमै मृत्यु भएको हो । लिखु नदीमा करेन्ट लगाएर माछा मार्ने क्रम केही वर्ष अघिदेखि चल्दै आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार