हजारौँ माईल टाढा करोडौं डाडाहरु पार गर्दै उछिनदै बादल भन्दा माथी पंछीहरूको भिडमा मिसीएर बादलसगै हराएर् निसासिने यो मरुभूमिमा घामको तातो राप र चापले भरिएको यो देखावटी सुन्दर शहरमा प्रवेश गर्दै गर्दा हरेक कुराहरु छुटने अनि टूटने गर्दो रहेछ ।
महोदय यहाँ त आफ्नै पराइ हुदो रहेछ,घरकै यादले मात्र मुटुमा छुदो रहेछ । नेपाली नै नेपालीको दुश्मन हुदो रहेछ । वासिङ मेसिनले झै धुदो रहेछ । आफु सगै आफै भेट हुदो रहेछ । यहाँ हरेक कुराहरु हेर्न देख्नकै निमित्त मात्र राम्रो हुने अनि देखिने गर्दो रहेछ। पीडीत धेरै भए पनि पीडा सोचेर सम्झेर मात्र देखाउनु पर्दो रहेछ । थाकेको शरीर पीडित मन अनि झुटो मुस्कान स्मार्ट देखिन सजिनुको पनि छुट्टै स्वाइग् बनाउनु पर्दो रहेछ ।
रोशनी रजन मगर,लिखु तामाकोसी गाउँपालिका ६ रामेछाप ।