सत्य र अालाेचनात्मकता रुखाे हुन्छ,त्यसलाई स्वीकार गर्न नसक्ने मूर्ख हाे ।
_ महात्मा गान्धी
अबिभाबकले शिक्षकलाई गाली गर्नुकाे अर्थ उनिहरु प्रतिकाे द्धेष हाेइन,बिश्वास हाे।शिक्षकले चाहे गर्न सक्छन् भन्ने भावना हाे।त्यहीँ भाबनाकै कारण अबिभाबकहरुले शिक्षक प्रती अाैला उठाएका हुन्।शिक्षकले मेहनत गर्याे भने अलिकति भएपनि राम्रो गर्न काेशिष गर्याे भने केही हुन्छ भन्ने बिश्वास छ अबिभाबकमा।तर दुर्भाग्य हामी शिक्षक अाफ्नाे क्षमतामा पनि बिश्वास गर्न सकिरहेका छैनाै।
_ जाेन अाेइन्स
एउटा खराब शिक्षककाे
अात्मस्वीकृति
देशै भरि हाे कि? हाम्रो तिर मात्र हाे ? अहिले सामुदायिक बिद्यालयमा एउटा भूत सवार भएको छ।त्यो भूत सवार बिद्यार्थीकाे पढाइलाई गुणस्तरमा बदल्न र परिणाममुखी बनाउन भन्दै निजी बिद्यालयकाे झल्काे दिने गरि दुईवटा शिक्षण पद्धतिको बिकाश र अबधारणाकाे प्रयाेग।त्याे पद्धति र अबधारणाले भनेकाे छ,एउटा नेपाली (मिडियम)नेपाली माध्यमकाे शिक्षण।अर्काेले भनेकाे छ,अंग्रेजी (मिडियम)अंग्रेजी माध्यमकाे शिक्षण।बिद्यालय भने एउटै हाे,त्याे पनि सामुदायिक बिद्यालय।अझै त्याे सामुदायिक बिद्यालयकाे नयाँ अबधारणाले भन्छ,अबिभाबकलाई अलिकति बढि पैसा तिर्नुस् अंग्रेजी(मिडियम)मा पढाउनुस् तपाईंको केटाकेटीकाे पढाई राम्रो हुनेछ।अझ अगाडि बढ्दै त्याे अबधारणाले भन्छ,तपाईंहरुले अबिभाबकहरुले अलिकति पैसा तिरेपछि तपाइकाे छाेराछाेरीमा गुणस्तरता बढ्नेछ।
परिणाम पनि राम्रो अाउनेछ।फेरि त्यहीँ अबधारणाले अर्काेतिर भन्छ,जाे जाे अबिभाबकले अलिकति बढि पैसा तिर्न सक्दैनन् जाे जाे अबिभाबकले पैसा खर्च गर्न सक्दैनन् उनिहरुकाे छाेराछाेरी पढ्ने भनेकाे चाहिँ नेपाली (मिडियम)मा अर्थात नेपाली माध्यमकाे शिक्षणमा।सामुदायिक बिद्यालयमा अहिले गुणस्तरता र परिणाम दिने नाममा एउटै कक्षामा दुईवटा पढाई हुन्छ।एउटा अंग्रेजी (मिडियम)र अर्को नेपाली (मिडियम) पैसा तिर्न सक्नेले त्यहीँ बिद्यालयकाे त्यहीँ कक्षाकाे अंग्रेजी (मिडियम)मा पढ्ने पैसा तिर्न नसक्नेहरुले नेपाली (मिडियम)मा पढ्ने।पैसा तिर्न सक्ने अबिभाबककाे बच्चा अंग्रेजी (मिडियम) अंग्रेजी माध्यममा पढ्ने,निजी बिद्यालयमा पढे जस्ताे।पैसा तिर्न नसक्ने अबिभाबककाे बच्चा नेपाली (मिडियम)नेपाली माध्यममा पढ्ने सरकारी बिद्यालयमा पढे जस्ताे।
एउटै कक्षामा दुईवटा पढाई,पैसा तिर्न सक्नेकाे एउटा पढाइ पैसा तिर्न नसक्नेहरुकाे अर्काे पढाई।यहाँ याे प्रश्न अतिशयाेक्ति नहाेला?सामुदायिक बिद्यालयमै यस्ताे बिभेदपूर्ण शिक्षाको परिकल्पनाकार काे हाेला?राज्य सरकार,ब्यबस्थापक,वा शिक्षक,अबिभाबक?अबिभाबक त पक्कै हाेइन?सामुदायिक बिद्यालयले शिक्षामा गुणस्तरीयता र परिणाममुखी बनाउने भन्दै ल्याएकाे याे भूत सवार अबधारणाले के साच्चिकै परिणाम देलात?मलाई चाहिँ लाग्छ,परिणाम भन्दा शिक्षामा खुल्लम् खुल्ला बिभेदिकरण गरेकाे छ।सामुदायिक बिद्यालयमा गुणस्तरता र परिणाममुखी बनाउने भन्दै यस्ताे बिभेदिकरण पद्धतिको बिकाश गर्ने अबधारणाकार वा भाष्यकार काे?राज्य सरकार अाफै हाे कि?अरु काेहि?नेपालकाे हरेक संविधानले सामुदायिक बिद्यालयकाे शिक्षामा बिभेदिकरणलाई अपराध मानेकाे छ।
यस्ताे अपराध पूर्ण कार्य राज्य सरकार अाफैले हाेकि?शिक्षक अबिभाबकहरु नै हाे।याे प्रश्नकाे जवाफ हामी जस्ताे बिद्यालयकाे अबधारणा अनुसार नेपाली माध्यम जसले बिद्यालयले भनेजति पैसा तिर्न सक्दैनन् अबिभाबकहरुलाई चाहेको छ। २०७२ काे नयाँ संविधानले सम्पूर्ण सामुदायिक बिद्यालयमा सम्पूर्ण बालबालिकाकाे शिक्षामा पहुँच र गुणस्तर शिक्षा पाउनु पर्छ भन्ने निर्दिष्ट गरेको छ।अझ २०७२ सालकाे संविधानले धनी र गरिब बीचकाे शिक्षामा रहेको बिभेदजन्य दरारलाई न्युनिकरण गर्ने भनिएकाे छ।
निजी बिद्यालयलाई निरुत्साहित गर्दै सामुदायिक बिद्यालयकाे शैक्षिक गुणस्तरलाई बढाउने र शिक्षामा रहेकाे धनि र गरिब बीचकाे बिभेदलाई हटाउन लागि शिक्षालाई एक रुपतामा लाने भनिएको छ।संविधान अनुसार अझ सामुदायिक बिद्यालयले बर्गिय र बिभेदपूर्ण शिक्षाको त परिकल्पना नै गर्न मिल्दैन।
अब एउटा सन्दर्भ जाेड्न चाहन्छु।मेरो छाेरी अहिले कक्षा १० मा पढ्छिन्,बिद्यालयकाे अहिलेको अबधारणा अनुसार नेपाली (मिडियम)नेपाली माध्यममा पढ्छिन्।याे बर्ष एसईइ दिदै छिन्।उ सँगै कक्षा १० मा नेपाली माध्यममा पढ्ने उसले भने अनुसार अरु ३८ जना छन्,जाे सरकारी बिद्यालयमा पढे जस्ताे भएको छ,जसकाे अबिभाबकहरुले बिद्यालयले भनेजति पैसा तिर्न सक्दैनन् ।
साेहि क्लास कक्षा १० मै अंग्रेजी (मिडियम)माध्यममा उसकाे अाँकलन अनुसार २० जना जति पढ्छन्,जसका अबिभाबकले बिद्यालयले भनेजति पैसा तिर्न सक्छन्।तपाईंहरु अाफै मनन् गर्नुहाेस् याे सरासर सामुदायिक बिद्यालयकाे शिक्षामा गरिएको बिभेदिकरण हाे कि हाेइन? अझ एउटा हास्यास्पद र बिभेदपूर्ण कुरा त के छ भने,नेपाली माध्यममा पढ्नेहरूलाई कमजोर बिद्यार्थीकाे रुपमा करार गरिएको छ भने अंग्रेजी माध्यममा पढ्ने बिद्यार्थीलाई राम्रो पढ्ने बिद्यार्थी रुपमा हेरिरहेको छ।
त्यहीँ बाट जाे सुकै अबिभाबकले अनुमान गर्न सक्छन् ,पैसा बढि तिर्नेहरुलाई अंग्रेजी माध्यमकाे नाममा पैसाको लागि शिक्षकहरु बढि समय दिइरहेका छन् भने नेपाली माध्यममा पढ्नेहरु जसले पैसा दिन सक्दैनन् उनिहरुलाई शिक्षकले कम समय दिइरहेका छन्।
शिक्षकहरुलाई नै साेध्न चाहन्छु,के याे बिभेदपूर्ण कुरा हाेईन?एउटा सानाे घटना राख्दै याे छाेटाे लेखकाे बिट मार्न चाहन्छु। मेराे छाेरी पढ्ने बिद्यालयले चालू शैक्षिकसत्र २०८१ मा नेपाली माध्यममा अघिनै बारम्बार भनियो नेपाली (मिडियम) ।
कक्षा ८ देखि कक्षा १० सम्म अध्ययनरत बिद्यार्थीहरुलाई बिद्यालयकाे नियमित समय अतिरिक्त कक्षा सञ्चालन गर्ने सम्बन्धि छलफल र अन्तरक्रियामा सहभागीका लागि बिद्यालयले बाेलाएकाे थियाे।म पनि सहभागी हुन बिद्यालय गएकाे थिए।बिद्यालयकाे प्राङ्गणमा हामी थाेरै अबिभाबक मात्रै जम्मा भएका थियौं।
अन्तरक्रिया शुचारु भएको थिएन।म बिद्यालयकाे प्राङ्गण मै थिए।त्यतिखेरै हेडसर अाउनु भयाे।नियमित भेटघाट भइरहने र संवाद पनि भइरहने हुँदा हामी संवाद गर्न थाल्यौं।संवाद सामान्य नै थियाे,अबिभाबक,शिक्षक,ब्यबस्थापन समिति यस्तै बिषयहरु थिए।संवाद कै क्रममा हेडसर प्रती मेराे प्रश्न थियाे अबिभाबक शिक्षकलाई दाेषि देख्छ,शिक्षक अबिभाबकलाई दाेषि देख्छ दाेषि चाहिँ काे हाेला?अर्को प्रश्न थियो।
तपाईंहरुले नै पढाएकाे बिद्यार्थीले निजी बिद्यालयमा थाेरै पारश्रमिक लिएर पढाएर पनि राम्रो नै परिणाम दिइरहेका छन्।तपाईंहरुकाे त राम्रै तलब छ।जीबनकाे अार्थिक रुपले सुनिश्चितता छ,त्यतिहुदा हुदै पनि निजी बिद्यालयकाे अनुपातमा थाेरै पनि परिणाम दिन सकिरहेकाे छैन,यसमा हजुरहरुकाे पनि कमजोरी छकि भन्ने थियाे।हेडसर एकाएक रन्किनु भयाे।तपाईं मूर्ख हुनुहुदाे रहेछ।हेडसर मत मूर्ख भए भए सत्य र अालाेचनात्मकतालाई स्वीकार गर्न नसक्ने गान्धीले भनेझै तपाईं झन् मूर्ख काे पनि मूर्ख हुनुहुदाे रहेछ।
अन्तमा एउटा शिक्षाबिदकाे एउटा भनाई राख्दै अन्त्य गर्न चाहन्छु।हाम्रो शैक्षिक प्रणाली गम्भीर राेगबाट ग्रष्त छ,यसलाई(र्याडिकल सर्जरी )गम्भीर प्रकृतिको राेगलाग्दा चिरफार गरेर शरिरकाे अंग नै झिकेर फेर्ने पद्धतिको उपचार विधि नै गर्नु पर्नेछ।उपचार गर्न सक्ने याेग्य चिकित्सककाे टाेली बनाएर कहाँ कहाँ काट्ने कुन कुन काट्ने र काटिसकेपछि कसरी सिलाउने सबै विधि जानेका बिशेषज्ञद्भारा उपचार विधि अबिलम्ब गर्नु पर्छ।अनि मात्रै सुधार हुन्छ।अहिले जून परम्परागत र शास्त्रीय शिक्षा छ ,त्यसले कुनै परिणामको अाश गर्नु नै बेकार छ।
लेखक : नवीन गाउँले रामेछाप ।