कोरोना जितियो ( कविता )

कोरोना जितियो ( कविता )

हार खाइएन, आत्मबल बलियो बनाइयो
र पो कोरोनालाई जितियो ।
धेरैको साथ सपोर्ट र माया पाइयो,
र पो कोरोनालाई जितियो ।

यो निक्कै कस्ट र संघर्षको समय रहेछ,
तपाईं जस्ता धेरैको हौसला पाइयो ।।
र पो कोरोनालाइ जितियो ।
परिवारको माया र साथ पाइयो र पो कोरोना जितियो ।।

खानपिनमा निकै ध्यान दिनुपर्ने रहेछ यस्तो बेला,
आफ्नो र उहाँको राम्रोसँग ख्याल गरियो ,
र पो कोरोना जितियो । नत्र के सम्भावना थियो र ।।
सवैको माया पाइयो र पो कोरोना जितियो ।।।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार