हालसम्म रामेछाप जिल्लाका ६० जना कोरोना संक्रमित

हालसम्म रामेछाप जिल्लाका ६० जना कोरोना संक्रमित

कोरोना भाइरस महामारी सुरु भएदेखि हालसम्म रामेछाप जिल्लाका ६० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रामेछाप स्थायी बसोबास सहित देशका विभिन्न जिल्लामा अस्थायी बसोबास गर्दै आएका ५३ जना पुरुष र ७ जना महिलामा कोरोना भाइरस पोजिटिभ देखिएको हो । जसमध्ये सोमबारसम्म ३० वटा केस सक्रिय रहेको छ भने अन्य उपचारपछि घर फर्किएका छन । यता यसअघि रामेछाप जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ३३ जना संक्रमित मध्ये ३१ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित २ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार