आज देशका अधिकांश स्थानमा मौसम बदली हुने

आज देशका अधिकांश स्थानमा मौसम बदली हुने

आज काठमाडौंसहित देशभरको मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा कतै घाम कतै बादल देखिए पनि आज मौसम दिनभर बदलीने सम्भावना रहेको मौसमविद्हरूले बताएकाछन् । दिउँसो भने देशका केही स्थानमा मेघगर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखकाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर मौसम आांशिकदेखि सामान्य बदली हुनेछ। काठमाडौं उपत्यकासहित गण्डकीदेखि पूर्व अर्थात् प्रदेश १, २, बागमती प्रदेशमा अहिले हल्का बर्षा भएकोछ । प्रदेश ५, कर्णाली र सुदूरपश्चिममाचाहिँ अलि बाक्लो बादल देखिएको छ।तर अपराह्नपछि बदली भई देशका केही स्थानमा हल्कादेखि मध्यसम्म वर्षाको सम्भावना छ । अहिले न्यून चापीय रेखा दक्षिणतर्फ छ भने भारत बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा जलवाष्पयुक्त हावा भित्रिरहेको छ। त्यसैका कारण बदली र वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार