नेपालमा थप २ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि, निको हुनेको संख्या १४ हजार नाघ्यो

नेपालमा थप २ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि, निको हुनेको संख्या १४ हजार नाघ्यो

नेपालमा थप २ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा २ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभयो । उहाँले योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १९ हजार ४ सय ८३ पुगेको जानकारी दिनुभयो । यस्तै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या भने १४ हजार नाघेको छ । प्रवक्ता डा. गौतमले पछिल्लो २४ घन्टामा १ सय ४६ जना स्वस्थ भएसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या १४ हजार २१ पुगेको बताउनुभयो । उहाँले हाल नेपालमा ५ हजार ३ सय ६० सक्रिय सङ्क्रमितको संख्या रहेको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार